IME Life

बीमा समितिले एकिकृत सफ्टवेयर ल्याउदै ,टेण्डर आह्वानका लागि साउन १५ अन्तिम दिन

SPIL
NIC ASIA

बीमा समितिले एकिकृत सफ्टवेयर ल्याउने भएको छ । एकिकृत सफ्टवेयरको लागि समितिले ३५ दिने टेन्डर आह्वान गरेको थियो । समितिले असार १६ गते गोरखापत्र मार्फत सुचना दिँदै टेण्डर आह्वान गरेको थियो । टेण्डर आह्वानका लागि समितिले साउन १५ गते अन्तिम मिति तय गरेको हो ।

बीमा समितिमा सफ्टवेयरहरु एकिकृत नभएको कारण तथ्याङ टिपोट, डाटाहरु समयमा वेवसाईटमा राख्न नसक्ने र अन्य समस्याहरु रहेको थियो । जसका लागि समितिले सो सफ्टवेयर ल्याउने भएको जनाएको छ । एकिकृत सफ्टवेयर पश्चात् एकिकृत रुपमा काम हुने भएको कारण बीमा समितिमा देखिएका केही समस्या हल हुने समितिले जनाएको छ ।

Prabhu
Crest

टेण्डर भर्ने काम सम्पन्न भएपछि मात्र आर्थिक व्यवस्थापनमा जुट्ने बीमा समितिका निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनले भने‘ टेण्डरका लागि फारम बुझाउने अन्तिम मिति साउन १५ गतेसम्म रहेको छ । यस्तै, प्रस्ताव खोल्ने मिति आगामी साउन १५ गतेसम्म रहेको समितिले छ । ’

बीमा समितिका आईटी अफिसर मिलन राज नेपालीले भने, ‘एकिकृत सफ्टवेयर मार्फत बीमा कम्पनीहरुको तथ्याङ्कबारे जानकारी लिन सबैलाई सहज हुनेछ साथै, बीमकहरुलाई पनि सफट्वयर मार्फत त्रैमासिक वित्तीय विवरण र बार्षिक प्रतिवेदन पठाउन सहज हुनेछ । ’

एकिकृत सफ्टवेयरलाई बीमा समितिले ‘आईआरएमआईएस’ एकिकृत सफ्टवेयरलाई इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सेन्टर नाम दिएको छ ।

आईआरएमआईएस सफ्टवेयरले यस्ता काम गर्छ 
इन्स्योरेन्स रेगुलेटरी मोडल
इन्स्योरेन्स रेगुलेटरी मोडलमा लेखा, कृषि , लघु बीमा, , इजाजत पत्र, एक्चुरी, एजेन्ट सम्बन्धि विवरण, सर्भेयर, उजुरी, पुनर्बीमा सम्बन्धी जानकारी, बीमा योजनाको बारेमा विस्तृत विवरण यस भित्र रहने छ ।

एमआइएस रिपोर्ट विथ ग्राफिक्स मोडुलेसन
एमआइएस रिपोर्ट विथ ग्राफिक मोडुलेसन अन्तर्गत कम्पनीले आफ्नो तथ्याङ्क दिए पश्चात् बार डायग्राम सफट्वयर अन्तर्गत नै तयार हुन्छ । साथै बीमकहरुले पठाउने त्रैमासिक वित्तीय विवरण र बार्षिक प्रतिवेदन आएपछि सफट्वयर मार्फत प्रकाशन गर्न मिल्ने वा नमिल्ने विवरण छुटाईने छ ।

मोबाइल एप्स
यस मोबाइल एप्समा बीमा सम्बन्धि सूचनाहरु, विस्तृत जानकारी, बीमा निर्देशिका, निर्णय स्रंगह र कम्पनीहरुमा आवश्यक कागजात पेश गरेको खण्डमा पनि दाबीमा समस्या आएमा बीमा समितिको मोबाईल एप मार्फत नै दाबीको उजुरी दिन सक्ने व्यवस्था यस एप्समा रहेको छ ।

सर्भर
बीमा समितिले गरिरहेको जति पनि कागजीे कामहरु (रिपोर्ट फाइलमा, लेखाका कामहरु, विभिन्न कम्पनीको विवरण) जस्ता कामहरु कम्प्युटर मार्फत हुने छ । जसको काम सर्भरले गर्दछ । तथ्याङ्कलाई सही रुपमा सरक्षंण गर्न काममा सर्भरको मुख्य भूमिका रहने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS