घातक रोगको बीमा किन गर्ने त ? बिशेषज्ञको धारणा

2661


रोगको उपचार गर्न सक्ने क्षमता नभएका कारण कतिपय मानिसले अकालमा नै जीवन गुमाउँनु परेको छ । घातक रोग लागेको अवस्थामा कतिपय मानिसले घर खेत नै विक्री गरी उपचार गर्नु परेको छ । त्यसैले यस्तो खालको अवस्थाबाट बच्नका लागि सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले ११ वटा घातक रोग विरुद्धको न्यूनतम ५० हजार देखि अधिकत ५० लाख रुपैयाँसम्मको बीमा योजना सञ्चालनमा ल्याएको छ ।

समयमा नै उपचार गराउन नसक्ने स्थिती भएर , घरजग्गा धितोमा राख्ने, ऋण खोज्ने जस्ता समस्याहरु हामीले देखेका छौ । अहिलेको अवस्थामा मानिसको लागि घातक बीमा योजना किन आवश्यक छ भन्ने बिषयमा सिनियर कार्डेलेजिस्ट डा .टिएन भट्टराई र मृगौला रोग बिशेषज्ञ डा. कल्पना श्रेष्ठको धारणा :

सिनियर कार्डेलेजिस्ट डा. टिएन भट्टराईले समयमा उपचार गर्न नपाएर आर्थिक समस्याको कारण घातक रोगको कारण कैयौ मानिसहरुको मृत्यु भईरहेको छ । बीमा यस्तो चिज हो । हामीले थोरै रकम प्रिमियम तिरेर घातक रोगहरुको पनि सुविधा सहज रुपमा पाउने एक समस्याको समाधान गर्न उपाय हो । मुख्यत : शरीरमा रोग नै लाग्न नदिनु नै उत्तम उपाय हो । तर रोगले म आउ भन्ने संकेत दिएर त आउदैन । त्यसैले भावि दिनमा हुन सक्ने घातक रोगको बीमा निकै जरुरी छ ।समयमा नै उपचार गराउन नसक्ने स्थिती भएर , घरजग्गा धितोमा राख्ने ऋण खेज्ने जस्ता समस्याहरु विधमान नै रहेको पाईन्छ । तर अन्तराष्ट्रियस्तरमा हेर्न हो भने उनीहरुले बीमा गराएको हुन्छन् तर नेपालमा बीमा गराउनेको सङख्या धेरै नै कम छ ।

मृगौला रोग बिशेषज्ञ डा. कल्पना जोशीले १ सय मृगौला रोगीहरुमा ८० जनालाई मात्र थाहा हुने रोग रहेको बताए । घातक रोगीहरुको सङख्या दिन प्रती दिन बढ्दै गईरहेको छ । यस्तो अवस्थामा आर्थिक अभावको कारण समयमा उपचार गराउन नसक्ने परिवारमा निकै ठूलो समस्या आईपर्ने देखिन्छ ।
मृगौला रोग पनि घातक रोग अन्तर्गतपर्ने रोग हो । नेपालको सन्र्दभमा हेर्ने हो भने १० प्रतिशत मानिसहरु यस रोगको शिकार बनीरहेको छ । यस्तो अवस्थामा बीमाले निकै ठूलो आर्थिक रक्षावरण गर्नमा सहयोग गर्दछ । त्यसैले घातक रोग विरुद्ध गर्ने बीमाले बिरामीलाई ठूलो राहत मिल्ने उनले बताए ।

त्यस्तै उक्त कार्यक्रममा बेल्दै बीमा समितिको अध्यक्ष चिरञ्जीवी चाँपागाईले बीमा पोलिसी बिक्रि गर्नुपूर्व अभिकर्ता पनि उचित तालिम दिन आग्रह गरे । साथै जीवन बीमातर्फ बीमीतहरुको पनि आकर्षण बढ्दै गएको पाईन्छ । बीमीतको आर्थिक अवस्था हेरेर बीमा गराउनु पनि कम्पनीहरुको कर्तव्य रहेका बताए ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्