IME Life

बीमा क्षेत्रको भविष्य उज्जवल छ: चिरञ्जीवी चापागाई, अध्यक्ष,बीमा समिति (भिडियो सहित)

SPIL
NIC ASIA

नेपालमा बीमा कारोबार शुरु भएको ७० वर्षभन्दा बढी भइसक्यो । अहिलेसम्म बीमाको पहुँचमा करिब १८ प्रतिशत नागरिकहरुमा मात्र समेटिएका छन् । भने करिब ८० प्रतिशत नेपालीहरु वीमाको प्रभाव बाहिर रहेका छन् ।
हाल नेपालमा ४० वटा बीमा कम्पनीहरु संचालनमा रहेका छन् । तैपनि बीमाको पहुँच १८ प्रतिशत मात्र छ । यस्तो किन भयो ? सरोकारवालाहरुले भनेजस्तो जनतामा बीमाप्रति चेतना नभएकाले यस्तो भएको हो वा बीमा कम्पनीहरुमाथि नै जनविश्वास आर्जन हुन नसकेर यस्तो भएको हो ? नियामक निकायले बीमाको दायरा बढाउन के के कस्ता काम अघि बढाईरहेको छ । साथ बीमा क्षेत्रको अहिलेको अवस्था कस्तो छ भन्ने लगायतका समसामयिक विषयमा बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंसँग इन्स्योरेन्सखबरकर्मी रिना खत्रीले गरेको कुराकानीको सार :
बीमाको इतिहास निकै लामो भएपनि बीमाको दायरा १८ प्रतिशत मात्रै रहेको छ । किन ?
नेपालमा हाल १८ प्रतिशत नागरिक मात्रै बीमाको पहुँचमा छन् । त्यसमा पनि बीमा समितिमा मेरो प्रवेश हुदाँ बीमाको दायरा ७ प्रतिशतमात्रै थियो । अहिलेको अवधिसम्म आईपुग्दा हामिले संरचनागत सुधार, बीमा साक्षरता जस्ता कार्यक्रमहरु सञ्चालन गरेका छौं । बीमा कम्पनीहरुको पूँजी वृद्धि गरेका छौं । नयाँ बीमा कम्पनीहरु थप गरिएको छ र बीमा कम्पनी र बीमा समितिको सौहार्दपूर्ण रुपमा भएका काम कारबाही लगायतका कारण बीमाको पहुँच वृद्धिमा एक वर्षमै राम्रो सफलता हात परेको छ । हामीले यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरत्नरता दिनेछौं । बीमाको दायरा बढाउनको लागि स्थानिय निकायसँग सहकार्य गरेर अघि बढ्दौ छौ ।

स्थानिय तहसँगको सहकार्यमा बीमा समिति अघि बढेको छ ? कार्य योजना कुन स्तरमा अघि बढ्दै छ ?
हामिले पछिल्लो समय बीमामा नागरिकको पहुँच विस्तारकै लागि स्थानीय तहका जनप्रतिनिधिहरुसँग बीमाका विषयमा छलफल गरेका छौं । यो काम बिस्तारै अघि बढ्दै छ । जनताकै प्रतिनिधि भएका कारण उनीहरुलाई बुझाउन सके जनतासम्म चेतना फैलिन्छ भन्ने हेतुले हामीले जनप्रतिधिहरुसँग बसेर बीमा बारे छलफल गर्यौ ।

Prabhu
Crest

जनप्रतिधिहरुलाई बीमाबारे बुझाउन सके वहाँहरुले जनतासम्ममा बीमा चेतना बारे सन्देश पुर्‍याउनुहुन्छ भनेर हामिले यस्तो कार्यक्रम गरेका हौँ । अझै पनि हामी यो कार्यक्रमलाई निरन्तररुपमा अघि बढाउदै लाने छौँ ।

अर्को कुरा, विद्यालयस्तरमा पनि बीमा चेतनाबारे बुझाउन आवश्यक हामिले महशुस गरेका छौं । विद्यार्थीलाई हामीले बीमाबारे बुझाउन सक्यौं भने उसले कालान्तर लामो समयसम्म बिर्सन सक्दैन । यसकारण हामीले विद्यार्थीसँग बीमा समिति भनेर विद्यालय(विद्यालयमा बीमा साक्षरता कार्यक्रम आयोजना गर्दै आएको छौं ।

यसैगरी बीमाबारे प्रचार, प्रसारका कार्यक्रमहरु पनि व्यापक बनाएका छौं । बीमा चेतनाबारे बीमा कम्पनीहरुबाटै पनि प्रचारप्रसार हुनुपर्छ भनेर प्रचार, प्रसारमा खर्च गर्ने रकम वृद्धि गर्न निर्देशन समेत दिइसकेका छौं ।

समितिको तथ्याङक अनुसार लाईसेन्स लिने क्रम बढ्दो र नविकरण गराउने क्रम घट्दो छ ? यस बिषयलाई कसरी सोच्नुभएको छ ?
सक्रिय अभिकर्ताको कमीले गर्दा पनि लाईसेन्स लिने क्रममा बढी आकर्षित हुने र नविकरणको क्रममा कमी देखीएको हो । यसरी लाइसेन्स लिने क्रम मात्र बढ्दो रुपमा अघि बढ्दै गएमा यस बिषयमा हामि गम्भीर ध्यान दिनेछौ ।

निर्जिवन बीमा र जीवन बीमाको बजारलाई कसरी हेर्नुभएको छ ?
जीवन बीमा कम्पनीतर्फ कुनै समस्या छैन । जीवन बीमा कम्पनीले राम्रो योगदान दिएका छन् । बीमाको दायरा ७ प्रतिशतबाट बढेर १७ प्रतिशत पुगेको छ । नयाँ कम्पनी थपिएसँगै नयाँ रोजगारी सिर्जना भएको छ । जीवन बीमा गर्ने नेपालीको संख्या अहिलेको १७ बाट बढेर ६० प्रतिशतसम्म पुग्छ । एउटा अस्वस्थ प्रतिस्पर्धा वैदेशिक रोजगार बीमामा थियो । त्यो पनि पुलमार्फत गर्ने भनेर व्यवस्थापन गर्यौं ।

निर्जीवन बीमा कम्पनीका तर्फबाट हेर्दा संख्या बढी, व्यवसाय कम र अस्वस्थ प्रतिस्पर्धा देखिएको छ । यसले भोलि समस्या निम्त्याउँछ कि भन्ने अवस्था छ । निर्जिवन बीमाको बजारलाई कसरी अघि बढाउन सक्छौ भन्ने बिषयमा हामि केन्द्रित हुन्छौ । केही समयअघि मात्र हामिले ग्राहस्थ बीमा पनि ल्याएका छौँ । आकर्षण पोलिसीको रुपमा जसलाई हामिले ग्रामिण क्षेत्र देखि सहरी क्षेत्रसम्म पुराउने लक्ष्य राखेका छौ । सम्रग रुपमा हेर्दा बीमाको भावी बजार उज्जबल नै देखेको छु ।

बीमा कम्पनीहरुमा अझै पनि दाबीको समस्या रहेको छ भन्ने सुनिन्छ ? यसलाई समितिले कसरी लिएको छ ।
बीमा कम्पनीहरुलाई बीमीतले आवश्यक कागजात पेश गरेको खण्डमा दाबी भुक्तानी गरिरहेको छ । यदि आवश्यक कागजात पेश गरेको खण्डमा कम्पनीले बीमीतलाई भुक्तानी गर्नमा आनाकानी गर्छ भने बीमा समितिमा गजुरी दिन सक्ने व्यवस्था गरिएको छ । बीमीतले यस्तो अवस्थामा बीमा समितिमा आएर गजुरी दिन सक्नेछन् । विगतको दिनमा दाबीमा केही समस्या थियो । तर हाल यस्तो किसिमको समस्या छ जस्तो मलाई लाग्दैन ।

त्रिभुवन विश्वविधालयले पनि एक्चुरी साईन्सलाई मान्यत दिईसकेको छ ? तर पनि एक्चुरी नेपालमा किन आकर्षित देखिदैन्न् ?
एक्चुरी साइन्स अध्ययनको लागि निकै लामो समय खर्च हुने र महँगो पनि रहेछ । केही समय अघि मात्र हामिले एक्चुरीसँग कुरा गर्ने क्रममा हामीले उहासँग बुझ्दा उहाँले अपेक्षा बढी राख्नु भएको थियो । त्यसपश्चात हामीले रोष्टर मार्फत आवेदन खुलाएका थियौ । साथै हामीले रोष्टर आवेदन पनि खुल्ला गर्दा एक जना नेपाली महिला एक्चुरीले पनि उक्त रोष्टरमा आवेदन दिएको छ ।

एनएफआरएसको कारणले गर्दा साधारणसभा ढिला भएको हो त ?
यो वर्ष नै एनएफआरएस लागू नगराएको भए निर्जीवन सबै बीमा कम्पनीको साधारण सभा हुन्थ्यो । निर्जीवन बीमा कम्पनीहरूले बीमांकी मूल्यांकन गराउनुपर्ने थिएन । तर, जीवन बीमा कम्पनीहरूले त बीमांकी मूल्यांकन गराउनैपर्ने थियो । त्यसैले जीवन बीमा कम्पनीहरूको साधारण सभा एनएफआरएसको कारणले रोकिएको होइन । एनएफआरएसले रोकेको भनेको निर्जीवन बीमा कम्पनीहरूको साधारण सभा मात्रै हो । एनएफआरएस लागु भईसकेपछि समस्या आउने छैन ।

समितिले कम्पनीको अनुगमन र निरिक्षणको क्रमलाई तिव्रता दिने बताएको थियो । अहिलेसम्म कतिवटा कम्पनीको अनुगमन भयो ?
हामी अनुगमनमा लागि रहेका छौँ । हामिले अनुगमन गरेर कम्पनीले समितिले दिएको मापदण्ड पूरा गरेको छ वा छैन भन्ने बिषयमा जानकारी लिनको लागि हामि निरन्तर लागि रहेका छौँ । संस्थागत सुशासनलाई कम्पनीले कुन रुपमा अघि बढाएको छ वा छैन भन्ने बिषयमा केन्द्रित रहेर हामी अनुगमन गरिरहेका हुन्छौँ ।

कम्पनीको निरिक्षण गर्नु बीमा समितिको नियमित काम अन्र्तगत नै पर्छ , कम्पनी भित्र रहेको सुशासन र सुधार गर्नुपर्ने कुरामा पनि हामी अनुगमनको क्रममा कम्पनीहरुलाई दिने गछौ ।

समयमा चुक्ता पूँजी नपुराउने कम्पनीहरुको लागि समितिले के निर्देशन दिदैँछ ?
एनएफआरएसको कारणले गर्दा हामीले पुस मसान्तबाट पूँजी पुराउने अवधि सारेर असार मसान्तमा ल्याएका हौ । साथै कम्पनीहरुलाई तोकेको समयमा पूँजी पुराउनको लागि आग्रह गर्दछु ।

यस बर्ष एनएफआरएसको कारणले गर्दा केही समस्या देखिएको हो । एनएफआरएस लागु भएछि यस्तो समस्या नआउने र कम्पनीहरुले समितिले दिएको अवधिमा पुँजी पुराउनु कम्पनीहरुलाई आग्रह गर्दछु ।

समितिको आगामी योजना के छ ?
मुख्यत हामि बीमाको दायरा कसरी बढाउन सक्छौ भन्ने बिषयमा बिशेष केन्द्रित छौँ । बीमा कम्पनीहरुको संस्थागत सुशासन कसरी बलियो बनाउन सकिन्छ भन्ने बिषयमा जोड दिन्छौँ ।

समय समयमा निरिक्षण र अनुगमनलाई गर्ने क्रम जारी राख्ने छौँ । साथै बीमाको दाबीको समस्या अत्यधिक रहेको छ । समिथितले यसलाई कसरीसामाधान गर्न सकिन्छ भन्ने बिषयलाई बिशेष जोड दिनेछ । दाबी परेको खण्डमा बीमीतले निवेदन पेश गरेको कम्तीमा ४५ दिन भित्र बीमीतलाई सेवा प्रदान गर्ने वातावरण सृजना गर्ने छ ।

बीमा समितिमा केही नयाँ जनशक्ति थपेर निरिक्षण मार्फत कम्पनीहरुलाई बेलाबेलामा अनुगनमनलाई बिशेष ध्यान दिने र अन्य कार्यलाई अघि बढाएर समिति सशक्त रुपमा अघि बढ्ने समितिको योजना रहेको छ ।

हेरौं भिडियो 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS