Prabhu Life Ad Final

कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न, ९.५ प्रतिशत लाभांश पारित

IME PAY

कामना सेवा विकास बैंकले ९ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकको आज बसेको १२ औँ साधारण सभाले चुक्ता पूँजीको ८ प्रतिशत नगद र १ दशमलव ५ प्रतिशत बोनस सेयर गरी कुल ९ दशमलव ५ प्रतिशत लाभांश पारित गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले उक्त साधारण सभामा बैंकको आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्थातथा चालु आर्थिक वर्ष २०७५/ ०७६ को चैत्र मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावीकार्य योजना समेत प्रस्तुत गरे ।

NCHL

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दे यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक वजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापति गराउने कार्ययोजना सहित अगाडि बढेको बताए ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५ सय १९ रुपैयाँ छ । बोनस वितरणपछि २ अर्ब ५४ करोड १ लाख ९५ हजार ३ सय ५१ रुपैयाँ पुग्नेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x