IME Life

सगरमाथा इन्स्योरेन्सको ८६% बोनश पारित, चालु वर्षको अन्त्यसम्ममा २ अर्ब १५ करोडमाथि प्रिमियम संकलन गर्ने

SPIL
NIC ASIA

सगरमाथा इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई ८६ प्रतिशत बोनश शेयर दिने भएको छ । तर, बोनश शेयरमा लाग्ने कर भने शेयरधनी आफ़ैले  व्यहोर्नु गर्ने छइन्स्योरेन्स कम्पनीको २२ औं वार्षिक साधारण सभाले सो बोनश शेयर दिने प्रस्ताव पारित गरेको हो ।

इन्स्योरेन्सको साधारण सभा आज अम्रपाली बैंङ्क्वेट भाटभटेनीमा सम्पन्न भएको हो । उक्त सभा कम्पनीका अध्यक्ष राम कृष्ण मानन्धरको अध्यक्षतामा सम्पन्न भएको हो ।

Prabhu
Crest

सभामा कम्पनीका अध्यक्ष मानन्धरले बार्षिक प्रतिवेदन पेश गर्दै २०७४ /७५ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ३० दशमलव ४४ प्रतिशतले व्यवसायमा बृद्धि गरी १ अर्ब ८३ करोड ७९ लाख ४४ हजार रुपैयाँ प्रिमियम आर्जन गरी एनफआएसका अनुसार ३३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको बताए । साथै, अघिल्लो आर्थिक वर्षको तुलनामा २१ दशमलव ७३ प्रतिशतले बृद्धि गर्न सफल भएको समेत जानकारी दिए ।

त्यस्तै चालु आर्थिक वर्षको असारको पहिलो सातासम्ममा कम्पनीले २ अर्बभन्दा बढी बीमा प्रिमियम संकलन गरिसकेको र चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २ अर्ब १५ करोड रुपैयाँभन्दा बढी प्रिमियम संकलन गर्ने विश्वास व्यक्त गरे ।

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ८२ लाख ९१ हजार ९ सय रहेकोमा ८६ प्रतिशत बोनश पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ लाख २२ हजार रुपैयाँ हुनेछ । समिक्षा अवधिको आर्थिक वर्षमा कम्पनीको कुल लगानी १ अर्ब ८० करोडको हाराहारीमा रहेको र आर्थिक वर्षको अन्त्यमा मजबुद हुदै आएको जानकारी दिए ।

हालसम्म इन्स्योरेन्स कम्पनीले ५७ वटा शाखा तथा उपशाखा कार्यलयहरुबाट बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा शाखा संख्या ८५ पुर्याउने योजना रहेको समेत कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS