IME Life

खुलामुखी सामुहिक लगानी कोष: नेपाली पूँजी बजारमा एक नयाँ आयाम

SPIL
NIC ASIA


सामुहिक लगानी कोष
सामुहिक लगानी कोष भन्नाले विभिन्न व्यक्ति वा संस्थाहरुको सहभागिता रहने गरी परिचालन गरिएको बचत लगानी रकमलाई आफ्नो जिम्मामा लिई सोको दक्ष लगानी सेवाद्वारा प्राप्त भएको प्रतिफल सम्बन्धित योजनाका सहभागीहरुलाई समानुपातिक रुपले वितरण गर्न धितोपत्र ऐन बमोजिम योजना व्यवस्थापकले संचालन गरेको कोष व्यवस्थापन कार्यक्रमलाई सामुहिक लगानी कोष भनिन्छ । यस्ता कोषहरु लगानी कोष,एकांकी कोष वा समय समयमा बोर्डले तोकि दिएको त्यस्तै प्रकारका अन्य सहभागितामूलक कोषहरु आदि सामूहिक लगानीकोष आदि हुन सक्दछन् । यस्ता कोषहरु एक ट्रष्टको रुपमा स्थापना हुन्छन जसमा कोषको स्थापना तथा प्रबद्र्धन गर्ने कोष प्रबद्र्धक, कोषको सुपरिवेक्षण गर्ने कोष सुपरीवेक्षक, कोषको रकम लगानी तथा व्यवस्थाप नगर्ने लगानी व्यवस्थापक, कोषको डिपोजिटरी कार्य गर्ने डिपोजिटरी तथा एकांक होल्डरहरुको सम्पत्ति सुरक्षाको जिम्मा लिने ट्रष्टी आदि संलग्न रहेका हुन्छन् ।

नेपालमा हाल १३ वटा सामुहिक लगानीकोषहरु सर्वसाधारण तथा विभिन्न संस्थाहरुको सहभागिता सहितको बचत लगानीलाई परिचालन गर्दै सञ्चालनमा रहेका छन् । यिनीहरु सबै हाल धितोपत्र कारोबार हुने दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई कारोबारमा रहेका छन् । यी सबै सामुहिक लगानीकोषहरु बन्दमुखी लगानीकोषहरुको रुपमा रहेका छन् । यस्तै नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको एकांकी कोष खुलामुखी कोषका रुपमा सञ्चालित हुँदै आएको छ । यो कोष धितोपत्र कारोबार हुने दोश्रो बजारमा सूचिकृत छैन । उक्त एकांकी कोषमा नेपालमा स्थापना भएका कुनै पनि संघ संस्था वा कम्पनी वा नेपाल सरकार अन्तर्गत रहेका कार्यालयमा कार्यरत कर्मचारीहरुले लगानी गर्दै आएको पाइन्छ । यस बाहेक सर्वसाधारण समक्ष निस्काशन भई आम सर्वसाधारणको सहभागितमा अन्य खुलामुखी लगानी कोष सञ्चालनमा आएको पाइदैन ।

Prabhu
Crest

यसै परिप्रेक्ष्यमा एनआइबिएल एस क्यापिटल योजना व्यवस्थापक भई योजना सञ्चालन गरी तथा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले योजना प्रबद्र्धन गरी आम सर्वसाधारण समक्ष निस्काशित पहिलो खुलामुखी योजना एनआईबिएल सहभागिता फण्ड हाल निस्कासन भई बिक्री वितरण भइरहेको छ ।

के हो खुलामुखी योजना ?
खुलामुखी योजना भनेको सर्वसाधारणबाट संकलन गरिने रकमको मात्रा तथा निश्कासनको समय सीमा नतोकी कुनै पनि समयमा लगानीकर्ताहरुलाई इकाईहरु बिक्री गर्न सकिने गरी जारी गरिने सामूहिक लगानी योजनालाई खुलामुखी योजना भनिन्छ । यस प्रकारको योजनामा योजना व्यवस्थापकले जति पनि संख्यामा योजनाका इकाईहरु बिक्री गर्न सक्दछन् र लगानीकर्ताहरुले इकाई बिक्री गर्न आएको खण्डमा पूनःआफैंले खरिद पनि गरिदिन सक्छन् । यस्ता योजनाहरु धितोपत्र विनिमय बजारमा सूचिकृत हुने प्रावधान नेपालमा रहेको पाईंदैन ।

यसै सन्दर्भमा यस एनआइबिएल सहभागिता फण्ड पनि नेपाल स्टकमा सूचिकृत भने हुनेछैन । यद्यपि यस योजनामा सहभागी भएका इकाइ धनिहरुले आफूले धारण गरेको इकाई बिक्री गर्न चाहेको खण्डमा दैनिक रुपमा जारी हुने प्रतिइकाई खुद सम्पत्ती मूल्यमा योजना व्यवस्थापक तथा प्रबद्र्धकलाई बिक्री गर्न सक्नेछन् । त्यसैगरी यसरी खरिद वा बिक्रि कार्य सञ्चालनको लागि योजना व्यवस्थापक तथा प्रबद्र्धकले अन्य संस्थाहरुलाई वितरक तोकेर समेत सो खरिद वा बिक्री कार्य गर्न वा गराउन सक्नेछन ।

सर्वसाधारण समक्ष निश्कासन भएको पहिलो खुलामुखी योजनाःएनआइबिएल सहभागिता फण्ड

हाल निश्कासन भइरहेको एनआइबिएल सहभागिता फण्डको आकार पचास करोड तोकिएको छ । जसमध्ये योजनाको प्रारम्भिक आकार २० करोडको रहनेछ । यदि इकाईको माग २० करोड भन्दा धेरै भएमा कम्पनीले प्रारम्भिक आकारमा २५ प्रतिशत थप गरी इकाईहरु बिक्री तथा बाँडफाँड गर्ने व्यवस्था गरेको छ । यस योजनामा योजनाको अवधि एवं परिपक्व हुने मिति नतोकिएको हुनाले सहभागी हुन चाहने इकाईधनीहरुले दिर्घकालिन लगानीको रुपमा यस योजनामा सहभागी हुन सक्नेछन् । योजनाले कमाएको खुद मुनाफाको अनुपातमा इकाईको अंकित मूल्यको आधारमा मुनाफा वितरण गरिनेछ । खुद मुनाफाबाट मुनाफा वितरण कट्टा गरी बाँकी रहेको रकम संचित मुनाफा पुनःलगानीका लागि उपयोग गरिनेछ ।

कसले लगानी गर्ने ?
यस योजनामा नेपाली नागरिक, गैर आवसीय नेपाली, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली संस्था (कम्पनी), बैंक, वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै संचयकोष, कल्याणकारी कोष, गुठी, अक्षयकोष आदिले एनआइबिएल सहभागिता फण्ड योजना अन्तर्गत जारी गरिने इकाई खरिद गर्न आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताका लागि नयाँ औजार
सर्वसाधारण लगानीकर्ताहरु जसले धितोपत्र विनिमय बजारको दोश्रो बजारमा सिधा सम्पर्क स्थापित गर्न सक्दैनन वा बजारको सहि ढंगबाट विश्लेषण गर्न विविध कारणबाट कठिनाईहरुको सामना गर्नुपर्दछ, त्यस्ता लगानीकर्ताहरुले सरल रुपमा पूँजी बजारमा सहभागिता जनाउन यस्तो सामुहिक योजनाको इकाईहरु खरिद गर्न सक्दछन् ।

खुलामुखी योजना लामो समयका लागि लगानीगर्न चाहने र धेरै जोखिम उठाउन नखोज्ने लगानीकर्ताहरुको लागि उपयुक्र्त औजार हो । यसरी सानो सानो इकाईहरुबाट संकलन भएको ठूलो रकम पुनःपूँजीबजारमा उचित व्यवस्थापन सहित लगानी हुने भएका कारण पूँजी बजारको विकास तथा प्रबद्र्धनमा समेत यसले सकारात्मक प्रभाव पार्दछ । साथै एनआइबिएल सहभागिता फण्डले गरेको प्रदर्शनले अन्य योजना व्यवस्थापकहरुलाई समेत यस्ता किसिमका योजनाको विकास गरी सञ्चालन गर्नेतर्फ अभिप्रेरित गर्ने भएको हुँदा समग्रमा पूँजीबजारका सबै सहभागीहरुलाई यस किसिमको योजनाले सकारात्मक दिशामा अगाडी बढाउन मद्दत पु-याउने देखिन्छ ।

यद्यपि यस्ता योजनाहरुको उचित ढंगबाट सञ्चालन, व्यवस्थापन सहित उचित मुनाफा प्रदान गर्ने एवं इकाईधनीहरुले चाहेको समयमा इकाईहरु खरिद बिक्री गर्ने तथा दैनिक प्रतिइकाई खुद सम्पत्ती मूल्यलाई पारदर्शी बनाउने दिशामा योजना व्यवस्थापकले विशेष ध्यानदिनुपर्ने हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS