Prabhu Life Ad Final

अजोड इन्स्योरेन्सको शाखा पूर्वी रुकुममा

IME

अजोड इन्स्योरेन्स लिमिटेडले पूर्वी रुकुममा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सिस्ने गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष सुधन रेग्मी र राष्ट्रिय वाणिज्य बैंक रुकुमको शाखा प्रमुख तेजप्रसाद आचार्यको उपस्थितिमा गमलामा धान रोपेर शाखा कार्यालयको उदघाट्न गरिएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य अजोड इन्स्योरेन्स लि. पूर्वी रुकुम शाखा प्रमुख मुकुन्द खड्काले गरेका थिए भने कार्यक्रमको सहजीकरण दीपक पोखरेलले गरेका थिए ।

NLIC

समापन कार्यक्रम संस्थाका मार्के्टिङ्ग अधिकृत डोरिन्द्र दाहालले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा संचालनमा रहेको जानकारी गराए ।

यसैबीच, अजोड इन्स्योरेन्स लि.ले पूर्वी रुकुम सदरमुकाम रुकुमकोटमा असार ८, ९ र १० गते पशुपंक्षी र कृषि प्राविधिकहरुलाई ३ दिने बीमा अभिकर्ता तालिम प्रदान गरेको छ ।

तालिममा मुख्य प्रशिक्षक अजोड इन्स्योरेन्सका मार्के्टिङ प्रमुख डोरिन्द्रराज दाहाल र प्रबन्धक दीपक पोखरेल थिए भने तालिममा सहजीकरण शाखा प्रमुख मुकुन्द खड्काले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x