प्रुडेन्सियल इन्स्योरेन्सको बिशेष साधारणसभा सम्पन्न, ६० प्रतिशत हकप्रद पारित

428

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । मंग्लबार बाराको सिमरामा उक्त सभाको बैठक सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको विशेष साधारण सभाबाट चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ ।

कम्पनीको ६४ करोड १५ लाख २० हजार चुक्ता पूँजीबाट हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुनेछ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्