IME Life

कर्मचारी सञ्चयकोषको बार्षिक प्रतिवेदन पेश

SPIL
NIC ASIA

अर्थमन्त्री डा युवराज खतिवडासमक्ष कर्मचारी सञ्चयकोषको आ.व २०७४/७५ को बार्षिक प्रतिवेदन कोषका अध्यक्ष एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानाले पेश गरेको छ ।

उक्त अवसरमा अर्थमन्त्री डा खतिवडाले कोषको उपयोग पूर्वाधार विकास लगायत क्षेत्रमा बढाउनुपर्ने धारणा राखेका थिए । साथै उनले संस्थामा रहेको ठूलो कोषलाई सक्षम रुपमा दीर्घकालसम्म प्रतिफल दिने र तरलता व्यवस्थापनलाई सहज बनाउनेतर्फ लगानी केन्द्रित हुनुपर्ने बताए ।

Prabhu
Crest

मन्त्री डा खतिवडाले सञ्चयकर्ताका लागि छुट्टाछुट्टै निजी आवास निर्माणभन्दा बृहत्तर सोचका साथ सम्पूर्ण सुविधायुक्त आवास क्षेत्र निर्माणमा समेत बिशेष ध्यान दिईने बताए । आ.व २०७४/७५ सम्म कोषमा करीब ३३ हजार कार्यालय र छ लाख सञ्चयकर्ता आबद्ध छन् । विस २०७५ असारसम्म रु ३१२ अर्ब स्रोत रहेको कोषले रु २६ अर्ब ७० करोड आम्दानी गरी रु तीन अर्ब ९४ करोड खुद मुनाफा आर्जन गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS