नेको इन्स्योरेन्स कम्पनीको संचालक समितिमा केशव प्रसाद लम्साल नियुक्त भएका छन् । बैंकको असार ६ गतेको पत्रअनुसार सोही बैंकका उपकार्यकारी अधिकृत केशव प्रसाद लम्साललाई मनोनित गरी पठाएकाले कम्पनीले उनलाई नियुक्त गरेको हो ।
इन्स्योरेन्स कम्पनीको असार ८ गते बसेको संचालक समितिको ३ सय ६९ औं बैंठकको निर्णय अनुसार लम्साललाई संचालक समितिको पदमा नियुक्त गरेको हो ।
यस अघि कम्पनीको संस्थापक शेयरधनी राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट कविराज अधिकारीले संचालक समितिको पदमा प्रतिनिधित्व गर्दै आएका थिए ।