ज्योति लाइफले घोषणा गर्यो बोनस दर, अधिकतम ७० रुपैयाँसम्म दिने

ज्योति लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडले बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले बीमितलाई दिने बोनस दर घोषणा गरेको हो । कम्पनीले प्रतिहजार न्युनतम ४० देखि ७० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

नियामक बीमा समितिले असार ३ गते स्वीकृत गरेपछि इन्स्योरेन्सले बिमितलाई दिने बोनस दर घोषणा गरेको हो ।

९ वर्षसम्मको सावधिक र सावधिक आजिवनमा ४०, १० देखि १४ वर्षसम्म ४१, १५ देखि १९ वर्षसम्म ४९, २० देखि २४ वर्षसम्म ५५ र २५ वर्षदेखि माथि ७० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार