Prabhu Life Ad Final

गुराँस लाइफ इन्स्योरेन्सको ३ लाख २२ हजार कित्ता सेयर लिलामी आजदेखि खुल्यो

IME PAY


गुराँस लाइफ इन्स्योरेन्सको (असार ५ गते) आजदेखि ३ लाख २२ हजार ५७६ कित्ता सेयर लिलामी खुला भएको छ ।
कम्पनीले संस्थापक समूहको २ लाख ४० हजार ५७१ कित्ता र सर्वसाधारण समूहको ८२ हजार ५ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा असार १२ गतेसम्म बोलपत्र पेश गर्ने पाइनेछ ।

गुराँस लाइफ इन्स्योरेन्सको असार ४ गते बुधबार प्रतिकित्ता ५०६ रुपैयाँमा कारोबार भएको छ।संस्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । अधिकतम १० अंकले भाग जाने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । संस्थापक सेयरको हकमा भने लिलामी खुला रहेको मितिसम्म कायम संस्थापक सेयरधनी मात्र आवेदन दिन योग्य रहनेछन् ।

NCHL

कम्पनीले गत चैत २८ गतेदेखि जेठ १ गतेसम्म २ः१ अनुपातमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर अहिले लिलामी गर्न लागेको हो । त्यसबेला कुल २९ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा २६ लाख ४७ हजार ४२४ कित्ताका लागि मात्र आवेदन परेको थियो ।

यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेको छ । इच्छुक लगानीकर्ताले उक्त लिलामीमा लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर तथा लक्ष्मी बैंकको तोकिएको शाखा मार्फत आवेदन गर्न सक्नेछन्।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x