IME Life

नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घट्यो

SPIL
NIC ASIA

आज बुधबार पनि शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से ०.२० अंकले घटेर १,२५८.४६ बिन्दुमा कायम भएको छ । विकास बैंक, फाइनान्स, उत्पादनमुलक, लाइफ इन्स्योरेन्स र अन्य बाहेक सबै उपसुुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ३० अंकले घटेको छ ।

त्यसैगरी क वर्गका मापन सेन्सेटिभ परिसुचक भने सामान्य अंकले बढेकोे छ । सेन्सेटिभ परिसूचक ० दशमलव २३ अंकले बढेर २ सय ७० दशमलव ५२ बिन्दुमा आएर बन्द भएको छ ।

Prabhu
Crest

दिनभरिमा १ सय ६९ वटा कम्पनीको ९ लाख ८० हजार ९ सय १९ कित्ता शेयर ४ हजार ४ सय २९ पटक खरिदविक्री हुँदा ३० करोड ४१ लाख ८९ हजार ६ सय ४५ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एशिया र प्रभु बैंकको २ करोडमाथिको कारोबार भएको छ ।

नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर शेयर, तारागाउँ रेजेन्सी होटल, नेपाल लाइफ इन्स्योरेन्स र सिवम् सिमेन्टको १ करोडमाथिको कारोबार भएको छ । कृषि विकास बैंकको ९२ लाख ९० हजार ७ सय ११ रुपैयाँको कारोबार भएको छ । आरएमडिसी लघुवित्तको ८० लाखमाथिको कारोबार भएको छ भने अपर तामाकोशीको ६९ लाख ७१ हजार ४ सय ३७ रुपैयाँको कारोबार भएको छ ।

मल्टिपर्पोज फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने घलेम्दी हाइड्रो, समता माइक्रोफाइनान्स, सिभिल लघुवित्त, नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले सबैभन्दा धेरै ३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS