IME Life

प्रदेश सरकारले ल्यायो प्राकृतिक जोखिम विरुद्ध सामुहिक दुर्घटना बीमा कार्यक्रम

SPIL
NIC ASIA

कर्णाली प्रदेश सरकारले आर्थिक वर्षको बजेटमा अन्य क्षेत्र लगायत बीमालाई पनि समावेश गरेको छ । सातवटै प्रदेशले बर्ष आर्थिक वर्ष २०७६/७७ का लागि आयव्यय सहितको बजेट सावजनिक गरेको हो । ‘भौगोलिक जटिलता र विपदबाट हुने दुर्घटनाका कारण मृत्यू भएमा प्रतिव्यक्ति १ लाख प्राप्त गर्ने गरी प्राकृतिक जोखिम विरुद्ध सामुहिक दुर्घटना बीमा कार्यक्रमबाट सम्पूर्ण कर्णालीबासीको बीमा गरिने प्रदेश सरकारले बजेटमा व्यवस्था गरेको छ ।

त्यस्तै विपद जोखिम क्षेत्रमा रहेका बसोबास गर्ने घरहरु विपदमा परी पूर्ण क्षति भएमा प्रतिघर ५ लाख बराबरको बीमा गर्ने व्यवस्था सरकारले उक्त बजेटमा समावेश गरेको छ । जसमा प्राकृतिक जोखिमका कारण कर्णालीबासीको मृत्यू भएमा सम्बन्धित व्यक्ति तथा उसको परिवारले १ लाख रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गर्र्न सक्ने छन् ।

Prabhu
Crest

कर्णाली प्रदेश सरकारले ५ लाख रुपैयाँ बराबरको घर बीमा कार्यक्रम पनि बजेट मार्फत ल्याएको छ । उक्त कार्यक्रम अन्तरगत कर्णाली प्रदेशका कुनै पनि घर प्राकृतिक विपत्तिको कारण भत्किएमा बीमा कम्पनीले नै ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने समेत बजेटमा व्यवस्था गरेको छ ।

प्रदेश सरकारले आर्थिक बर्षको बजेटमा १ हजार घरको बीमा गर्ने गरी ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बीमा गरिएका घर भत्किएमा घरधनीले ५ लाख रुपैयाँ र सोही घरमा परेर परिवारका कुनै सदस्यको मृत्यू भएमा थप ५ लाख रुपैयाँ क्षतिपूर्ति पाउने गरी बीमा दाबी उक्त परिवारले प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी प्रदेश सरकारले आमसञ्चार तथा सूचना प्रविधि प्रतिष्ठान गठन, पत्रकारहरुको बीमा र क्षमता अभिवृद्धि र उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न सरकारले २० करोड बजेट विनियोजन गरेको छ । केन्द्रीय सरकाले नल्याएको बीमा क्षेत्रका कार्यक्रमलाई कर्णाली प्रदेश सरकारले प्रादेशिक बजेट मार्फत ल्याएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS