IME Life

कुन विकास बैंक “अण्डरभ्यालुड” कुन “ओभरभ्यालूड” ? (सूचीसहित)

SPIL
Sanima Reliance

विकास बैंकहरुपनि लगानीकर्ताको रोजाईमा पर्दै आएका शेयर हुन्।  राम्रो प्रतिफल र कम बजार मूल्यको कारणले गर्दा पनि विकास बैंक समूहहरु लगानीकर्ताको रोजाईमा पर्दै आएका छन्।  विकास बैंक समूहलाई इन्स्योरेन्सखबरले गरेको तुलानात्मक अध्ययन :

जगेडा कोषको आधारमा :

Crest
Meta Holidays

जगेडा कोषको आधारमा लुम्बिनी विकास बैंक राम्रो छ।  लुम्बिनी विकास बैंकको जगेडा कोषमा १ अर्ब ४६ करोड संचित छ।  विकास बैंक मध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको जगेडा कोष ऋनात्मक छ।  कर्पोरेट डेभलपमेन्ट बैंकको जगेडा कोष १ करोड ७० लाख रुपैयाँ ऋनात्मक छ।

निक्षेप र कर्जाको आधारमा :

निक्षेप र कर्जाको आधारमा मुक्तिनाथ विकास बैंक अघि छ।  मुक्तिनाथ विकास बैंकले ४१ अर्ब ८० करोड निक्षेप संकलन गरी ३६ अर्ब ४५ करोड कर्जा प्रवाह गरेको छ।

खुद नाफाको आधारमा :

खुद नाफाको आधारमा मुक्तिनाथ विकास बैंक अघि छ।  मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ६० करोड २० लाख खुद नाफा गरेको छ।

प्रति शेयर आम्दानीको आधारमा :

प्रति शेयर आम्दानीको आधारमा मुक्तिनाथ विकास बैंक राम्रो छ।  मुक्तिनाथ विकास बैंकको प्रति शेयर आम्दानी २६ रुपैया १९ पैसा छ।  मुक्तिनाथ पछि शाईन रेसुंगाको प्रति शेयर आम्दानी राम्रो छ , शाईनको प्रति शेयर आम्दानी २५ रुपैया ५५ पैसा छ।

नोट : कर्पोरेट डेभलपमेन्ट बैंकको जगेडा कोष ऋनात्मक भएको र खराब कर्जा ३० प्रतिशत माथि भएकाले प्रति शेयर आम्दानी ३० हुदा पनि यो सूचीमा समावेश नगरिएको। 

मूल्य आम्दानी अनुपातको आधारमा :

मूल्य आम्दानी अनुपातको आधारमा लुम्बिनी विकास बैंक र शाईन रेसुंगा विकास बैंक राम्रो छन्।  दुवैको मूल्य आम्दानी अनुपात १० गुणा मुनी छ।  कर्णाली डेभलपमेन्ट बैंकको मूल्य आम्दानी अनुपात सबै भन्दा धेरै ६६ गुणा छ।

नोट : कर्पोरेट डेभलपमेन्ट बैंकको जगेडा कोष ऋनात्मक भएको र खराब कर्जा ३० प्रतिशत माथि भएकाले प्रति शेयर आम्दानी ३० हुदा पनि यो सूचीमा समावेश नगरिएको।

खराब कर्जाको आधारमा :

खराब कर्जाको आधारमा कर्पोरेट डेभलपमेन्ट बैंकको खराब कर्जा सबै भन्दा धेरै छ।  कर्पोरेट डेभलपमेन्ट बैंकको खराब कर्जा ३१ दशमलव ८१ प्रतिशत छ।  त्यो भन्दा बाहेक सबै विकास बैंकको खराब कर्जा ५ प्रतिशत भन्दा मुनी छ।

सबै भन्दा थोरै खराब कर्जा मुक्तिनाथ विकास बैंक शुन्य दशमलव ०३ प्रतिशत  छ।

( विकास बैंकहरुको तुलनात्मक अध्ययन गर्दा मर्ज र एक्युजिसनको कारणले कारोवार रोकिएका वित्तिय सस्थालाई समावेश गरिएको छैन। )

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x