पत्रपत्रिकामा आएका बीमा गरौँ, बचत हुन्छ भन्ने विज्ञापनले मात्र बीमा सचेतना फैलिदैन् – ओम केसी

ओम केसी ,सिनियर एजेन्सी म्यानेजर, नेपाल लाइफ इन्स्योरेन्स

इन्टर पढ्दा आफुलाई पढाउने शिक्षकले बीमाको प्रस्ताव गरे । शिक्षकको प्रस्ताव न थियो कसले पो नकार्न सक्थ्यो र ? सहजै स्वीकारे । पढाई खर्चको लागि घरबाट बाआमाले पठाएको पैसाले बीमाको पहिलो किस्ता बुझाएका थिए ओम केसिले ।

इन्टर पढ्दा माधव भन्ने सरले म्याथ पढाउँथे । सोही सरले ओमको बीमा गराएका थिए । । उनी भन्छन्, त्यहि कुराले मलाई बीमा क्षेत्रमा आउन प्रेरित गर्यो । सोही बेला ओमको मनमा लेक्चरले बीमा गराउँछन् भने पक्कै पनि यो पेशा त राम्रै होला भन्ने भावना पलाएको थियो ।

बीमा गराए पछि बीमा प्रति सकारात्मक सोच राख्न थालेका ओमले त्यति बैले पोख्न भने सकेका थिएनन् बीमा प्रतिको उत्सुकता । पहिलो पटक बीमा प्रतिको आफ्नो उत्सुकतालाई उनले सोहि शिक्षकलाई सुनाए । हामीले पनि यो पेशा गर्न मिल्छ भनेर प्रश्न गरे । मिल्छ भन्ने जवाफ आए पछि भने उनी यो पेशामा जोडिन पुगे ।

आज तिमिसँग भएको सानो रकम बीमाको माध्यमबाट जम्मा गर्दै गयौँ भने भोलिको दिनमा हुन सक्ने भवितव्य जोखिमलाई सामना गर्न सहयोग मिल्छ । बचत गर्ने बानी बसाल्यौ भने तिमिमा बचत गर्ने बानी बस्छ र जोखिम पनि कभर गर्छ भनेर उनलाई शिक्षकले बीमा गराउने क्रममा भनेका थिए ।

२०३५ सालमा पश्चिम रुकुममा जन्मिएका ओम केसी पेशाले बीमा अभिकर्ता हुन् । सामान्य परिवारमा जन्मेका केसिको बाल्यकाल गाँउ मै वित्यो । सानै देखि बाआमाले राखेको उनी प्रतिको उद्देश्यलाई ख्याल गर्दै अघि बढे । उनले गाउँ मै २०५२ सालमा एलएलसि सम्मको पढाई सकाए ।

बाको शिक्षक बनाउने सपना साकार पार्न केसी मनभरि सपना लिएर २०५३ सालमा सपनाको शहर काठमाडौँ पसे । अभिकर्ता पेशामा लाग्नु पूर्व उनी शिक्षण पेशामा संलग्न थिए । साथै गैरसरकारी संस्थामा आवद्ध रहँदै आएका थिए । आफ्नै शिक्षकबाट प्ररित भई बीमा प्रति चासो राख्न थालेका केसिले उनै शिक्षकलाई अभिकर्ता पेशाका प्रेरणाका पात्रका रुपमा लिन्छन् । हुन पनि ठिकै हो सानै उमेरमा उनले सोहि शिक्षक मार्फत बीमाका बारेमा धेर थोर ज्ञान लिने मौका पाएका थिए ।

ओम अभिकर्ता पेशामा भने २०५७ साल देखि प्रत्यक्ष रुपमा जोडिन पुगे । शूरुमा उनी २०५७ साल देखि राष्ट्रिय बीमा संस्थानमा बीमा अभिकर्ताको रुपमा आवद्ध रहे । बीमा अभिकर्ताको लाइसेन्स लिए पछि आफन्तहरु कै बीमा गराएका केसी भन्छन्, “मलाई पहिलो बीमा गराउन खासै गाह्रो भएन् ।” बीमा अभिकर्ताको पेशा राष्ट्रिय बीमा संस्थानबाट शूरुवात गरेका ओमले वि.स. २०५८ साल असार १७ गतेदेखि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध रहन पुगे । २०५७ सालदेखि बीमा अभिकर्ता पेशामा आवद्ध रहँदै आएका केसी अहिले नेपाल लाइफ इन्स्योरेन्स वरिष्ठ एजेन्सि म्यानेजरका रुपमा कार्यरत छन् ।

शूरुमा पार्ट टाइमका रुपमा अभिकर्ता पेशालाई लिदैँ आएका ओमले २०६३ सालदेखि भने अभिकर्ता पेशालाइै आफ्नो मूख्य पेशा बनाउन पुगे । टिचिङ, एनजिओमा काम गर्दै शुरुमा पार्ट टाइमका रुपमा अभिकर्ताको रुपमा रहँदै आएको थिए, २०६३ बैशाख देखि पूर्ण रुपमा बीमा अभिकर्ता पेशामा आवद्ध हुन पुगे । उनले भने ।

“जसले स्वतन्त्रता चाहान्छन्, कोहि हाकिमको अन्डरमा बस्न चाहदैनन्, मेरो लागि काम गर्छु भन्ने सोच राख्नेहरुका लागि यो पेशा राम्रो छ ।”

अभिकर्ता पेशामा आउन उनलाई एक दुई कुराले आकर्षण गरेको थियो, प्रेरित गरेको थियो । उनी भन्छन्, कसैको अन्डरमा बस्नु नपर्ने, समयले नबाध्ने साथै आफ्नो आवश्यकतालाई मध्यनजर गर्दै काम गर्न सकिने भएकोले गर्दा पनि म यो पेशा प्रति आकर्षित रहँन पुगे । यो स्वतन्त्र पेशा हो । वर्षमा एक पटक लाइसेन्स नविकरण गरे पुग्छ । बीमा इन्टरनेशनल प्राक्टिस हो । इन्स्योरेन्स मार्केट नेपालमा पछि आए पनि विश्वमा सन् १५८३ देखि लागू भएको हो । अहिले बीमा अभिकर्ता पेशालाई मान्छेहरु स्वतन्त्र पेशाको रुपमा लिने गरेका छन् । “जसले स्वतन्त्रता चाहान्छन्, कोहि हाकिमको अन्डरमा बस्न चाहदैनन्, मेरो लागि काम गर्छु भन्ने सोच राख्नेहरुका लागि यो पेशा राम्रो छ ।”

अभिकर्ता पेशामा लाग्दा बीमा बारे खासै ज्ञान नरहेको उननले बताए । त्यो बेलाको समयमा उनी बीमाका बारेमा खासै जानकार थिएनन् । बीमा भनेको बचत र जोखिम कम गर्ने एक माध्यम बाहेक अरु यसका विशेषता थाहँै थिएन्, उनले विगत सम्झदै भने ।

उनि भन्छन्, पछि मात्र थाहा भयो कि बास्तवमा बीमा बचत मात्रै हैन्, बीमा त फोर्सलि सेभिङ हो ।

“बास्तवमा म बीमा क्षेत्रको लक्की मान्छे हो । मलाई यो पेशामा खासै गाह्रो भएन । किनकि म टिचिङ ब्यागराउण्डको थिए । त्यहि भएर पनि खासै गाह्रो अवश्था भोग्नु परेन् । जहाँ टिउशन पढाउथे त्यहि बीमाको प्रस्ताव राख्थे । उनीहरुले सहजै मेरो प्रस्तावलाई स्वीकार्थे । शिक्षकले भनेको मान्ने बानि हाम्रो समाजमा रहेको छ उनले भने ।”

बीमा क्षेत्रको आफुलाई लक्कि ठान्छन् उनी । नठानुन पनि किन उनी जहाँ बीमा प्रस्ताव लिएर जान्थे, त्यहि सफल हुन्थे पनि । “बास्तवमा म बीमा क्षेत्रको लक्की मान्छे हो । मलाई यो पेशामा खासै गाह्रो भएन । किनकि म टिचिङ ब्यागराउण्डको थिए । त्यहि भएर पनि खासै गाह्रो अवश्था भोग्नु परेन् । जहाँ टिउशन पढाउथे त्यहि बीमाको प्रस्ताव राख्थे । उनीहरुले सहजै मेरो प्रस्तावलाई स्वीकार्थे । शिक्षकले भनेको मान्ने बानि हाम्रो समाजमा रहेको छ उनले भने ।”

वि.स. २०६३ सालदेखि बीमा अभिकर्ता पेशामा पूर्ण रुपमा लागि परेका ओमले सो समयमा भने केही चुनौती सामना गर्नु परेको थियो । उनको मासिक कमाई राम्रै थियो । आफ्ना सामान्य आवश्यकताहरु प्रिपूर्तिका लागि खासै गाह्रो थिएन । बीमा अभिकर्तामा पूर्ण रुपमा आवद्ध भए पछि केही आफैमा चुनौती सामना गर्नु परेको उनले बताए ।
उनी भन्छन्, म यो पेशामा रिक्स मोलेर आए । रिक्स नलिने हो भने आम्दानी गर्न सकिदैन् भन्ने कुरालाई आधार मानेर अघि बढे ।

शिक्षक पेशा छोडेर अभिकर्ता पेशामा लागेका केसि शिक्षक पेशा र अभिकर्ता पेशालाई उस्तै मान्छन् । उनी भन्छन्, शिक्षकले पनि ज्ञान दिने हो, अभिकर्ताले पनि ज्ञान नै ।

“ शिक्षामा एउटा क्याटागोरिको मान्छेलाई मात्र ज्ञान दिन्थे, सिप सिकाई दिन्थे । तर यसमा सबै क्षेत्रका मान्छेहरुलाई समेट्छु । त्यसैले त मलाई लाग्छ यो परोपकारको सेवा हो उनले भने ।”

शिक्षकले ज्ञान दिए जस्तै बीमा अभिकर्ताले पनि ज्ञान नै दिन्छ । जोखिमबाट बच्न, बचत गर भन्ने ज्ञान अभिकर्ताताले दिन्छ । “ शिक्षामा एउटा क्याटागोरिको मान्छेलाई मात्र ज्ञान दिन्थे, सिप सिकाई दिन्थे । तर यसमा सबै क्षेत्रका मान्छेहरुलाई समेट्छु । त्यसैले त मलाई लाग्छ यो परोपकारको सेवा हो उनले भने ।”

सबैभन्दा सानो उमेरमा एजेन्सि म्यानेजर बनेका केसीले २ महिनामा २५० बटा सम्म बीमा फाराम भरेका अनुवभ साटे । उनी आफुलाई बीमा क्षेत्रको लक्कि मान्छेका रुपमा हेर्छन् । लामो समय देखि अभिकर्ता पेशा गर्दै आएका केसि सगँ बीमा गराउँदाका रमाइला पलहरु सँगै केही नरमाईला पल पनि छन् । सबैलाई बुझाउन सक्ने क्षमता, आत्मविश्वास र लगनशिलताका कारणले नै गर्दा आज उनी यो अवश्था सम्म आईपुगेका छन् ।

बीमा अभिकर्ता पेशा हेर्दा, देख्दा सजिलो देखिएता पनि यसका पनि आफ्नै चुनौतीहरु रहेका छन्, १ दिनमा ६७ वटा फर्म भरेका ताजा याद सम्झदै उनले भने ।

उनी भन्छन्, “विदेशि देशहरुको तुलनामा नेपाली बीमा बजार ठुलो रहेको छ । बीमा बजार खाली छ । तर मान्छेहरुको सोच चाँही माथि उठ्न सकेको छैन् । नेपालीहरुको सोच परिवर्तन गर्नु पर्ने देखिन्छ । त्यो सोच परिवर्तन गर्ने काम भनेको अभिकर्ताहरुको नै हो । ”

अभिकर्ताले सुटे र बुटेलाई मात्र प्राथमिकतामा राख्छन् । निड कसलाई हो त्यो हेर्दैनन्, । बीमा कसका लागि हो त्यो अझै अनुसन्धान गर्न बाँकी रहेको देखिन्छ । त्यसैले पनि बीमाको पहुँचमा रहेको जनसंख्या थोरै रहेको छ । उनले भने ।

मान्छेहरुलाई अझै पनि विश्वास छैन् बीमा बारे । विश्वास नहुनुको कारण हामी पनि हो । अभिकर्ताहरुमा अस्वथ्य प्रतिस्पर्धा बढ्दो छ । देखासेखि गर्ने प्रवृति छ । अभिकर्ताको लाइसेन्स लिने, दुईचार जनालाई बीमाको प्रस्ताव गर्ने अनि पेशाबाट नै पलायन हुन्छन् । जसले मानिसहरुले बीमा प्रति हेर्ने दृष्टिकोणमा नकारात्मक रहेको पाईन्छ ।

जसले जो मान्छे मार्फत बीमा गराएका हुन्छन् उनीहरुले सेवा नपाए पछि आम मानिसमा बीमा प्रति नकारात्मक दृष्टिकोण पर्न जान्छ ।

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमा सचेतनाका काम जुन रुपमा काम गर्नु पर्ने हो त्यो भने नगरेको उनले बताए ।

बीमा समितिले दुई प्रकारका काम गर्नुपर्छ । छिमेकि मुलुक भारतको बीमा समितिले दुई खालको काम गर्ने गर्दछ । एउटा डेभलपमेन्ट अर्को मनिटरिङको काम । उनले भने ।

नेपालको बीमा समितिले चाँही मनिटरिङको काम मात्रै गर्दै आईरहेको छ । बीमा सचेतनाको काम त्यति गरेको देखिदैन् । बीमा समितिलाई लाइफ इन्स्योरेन्स कम्पनीहरुले पहिलो प्रत्येक बीमाशूल्कको १ प्रतिशत हिंसा दिन्छन् । भने ननलाइफले प्रत्येक पहिलो बीमाशूल्कको ०.५ प्रतिशत । कम्पनीहरुले दिईने यो रकम त बीमा सचेतनाको लागि पनि त हो नी । उनी भन्छन्, “बीमा समिति मनिटरिङ मात्र गर्ने नभई सचेतनाको काममा पनि अग्रसर हुनुपर्ने देखिन्छ । ”

“बीमा समितिले निकालेको १८ प्रतिशत बीमाको डाटा अनुसन्धान नगरिएको डाटा हो । साच्चिकै अनुसन्धान गरेर डाटा निकाल्ने हो भने बीमाको पहुँचमा रहेको जनसंख्या एकदम न्यून छ  ” केसिले बताए ।

“समितिले सडक नाटक, लघु कथा जस्ता अन्य विभिन्न खालका बीमा सचेतनाका कार्यक्रमहरु सबै स्थानीय तहहरुमा गर्नु पर्छ, जसले गर्दा बीमा प्रति आममानिसहरुमा बीमाको ज्ञान पुग्छ । ”

आमनिसलाई बीमाको दायरामा ल्याउन बीमा समितिले बीमा जागरणका कार्यक्रमहरु च्लाउनु पर्छ । उनी भन्छन्, “समितिले सडक नाटक, लघु कथा जस्ता अन्य विभिन्न खालका बीमा सचेतनाका कार्यक्रमहरु सबै स्थानीय तहहरुमा गर्नु पर्छ, जसले गर्दा बीमा प्रति आममानिसहरुमा बीमाको ज्ञान पुग्छ । ”

पत्रपत्रिकामा आएका बीमा गरौँ, बचत हुन्छ भन्ने विज्ञापनले मात्र बीमा सचेतना फैलिदैन् ।

अझै उनी भन्छन्, “सबै तह र तप्काका आममानिसलाई बीमाको दायरामा ल्याउन सरकारको नीति नै चाहिन्छ । सबै मान्छले सबैलाई विश्वास गर्छन् भन्ने छैन् । सरकाले नै बीमा सम्बन्धि नीति ल्याई दिने हो भने बीमाको पहुँच बढ्छ । विदेशि मुलुकहरुमा बीमा सम्बन्धि सरकारी नीति भए झै नेपालमा पनि बीमा सम्बन्धि नीति आउन जरुरी देखिन्छ । ”

बीमा व्यवसायमा अभिकर्ताहरुले अमूल्य भूमिका निर्वाह गरेका हुन्छन् । यदि समितिले दुर्गम ठाँउमा गएर बीमा गराउँने अभिकर्ताहरुलाई छुट्टै पारिश्रमीक दिने हो भने अभिकर्ताहरु सबै क्षेत्रमा छरिन् पुग्छन् । जसले गर्दा समितिले निकालेको १८ प्रतिशत डाटामा वृद्धि हुन्छ ।

“ बीमा अभिकर्ताको नराम्रो पक्ष एसएलसि पास गरेका सबैले अभिकर्ताको लाइसेन्स लिन पाउने व्यवस्था नै प्रमुख हो । ”

जुनसुकै पेशामा आआफ्नै राम्रा अनि नराम्रा पक्षहरु रहन्छन् नै । उनी भन्छन्,“ बीमा अभिकर्ताको नराम्रो पक्ष एसएलसि पास गरेका सबैले अभिकर्ताको लाइसेन्स लिन पाउने व्यवस्था नै प्रमुख हो । ”

अभिकर्ता पेशा आफैमा नराम्रो भने हैन्, यस पेशामा आवद्ध केही मान्छेहरुको कारण पछिल्लो समयमा यो पेशामा केही नराम्रा पक्षहरु देखा परेका छन् । केही व्यक्तिहरुले बीमा गरे पछि आफुले बीमा गराएका बीमिहरुलाई सम्पर्क गर्न छोड्नु, बीमितहरुबाट संकलन गरेको रकम कम्पनीमा नबुझाइ दिनु जस्ता नराम्रा कामहरु गर्ने अभिकर्ताहरु बीमा बजारमा भित्रिनु पनि यस पेशाका नराम्रा पक्षहरु हुन् ।

उनी भन्छन्, “बीमितले कम्पनी हैन् बीमा गराउने व्यक्ति चिन्छ, त्यसैले एक बीमा अभिकर्तामा नम्र बोलि, सहनशिलता, धर्यता, झुटो नबोल्ने र समय चलायमान जस्ता गुणहरु हुनुपर्दछ । ”

बीमा खर्च हैन्, बचत हो । बीमा जोेखिम हस्तान्तरणको एक महत्वपूर्ण पाटो हो, उपाय हो । उनी भन्छन्, “बीमा जोखिम न्यूनिकरण गर्ने पहिलो माध्यम नै बीमा हो, बीमा फोर्सलि सेभिङ हो । ”

उनी भन्छन्, “कुनै ग्राहकलाई बीमा प्रस्ताव लिएर जानु अघि उसको व्यवसाय, रोजगारको प्रकृति, पारिवारिक अवश्था, आर्थिक अवश्था कस्तो छ, हिजो कस्तो थियो र आज कस्तो छ लगाएतका कुराहरु बुझेर जानु उत्तम हुन्छ । र यी सबै कुराहरुमा स्पष्ट भए पछि मात्रै बीमाको कुरा अगाडि सार्नु पर्दछ ।” कम्पनीहरुको प्रोफाइल हेरेर बीमा गर्र्ने मान्छेहरु त झदै छैनन्, उनी भन्छन, “मान्छेहरुले कम्पनीलाई भन्दा पनि व्यक्तिलाई हेरेर बीमा गर्ने गर्दछन् । ”

जो मान्छेहरु यस पेशामा दृढ रुपमा लाग्न सक्छन् उनीहरुका लागि यो पेशा राम्रो हुन्छ । उनले भने ।

उधोगपतीहरुको नजर बीमा बजारमा
उधोगपतीहरुको नजर बीमा बजारमा लागेको ओम बताउँछन् । पछिल्लो समयमा उधोगपतीहरुले बैंक पनि आफ्नै, बीमा कम्पनीहरु पनि आफ्नै भै दिए होस् भन्ने चाहान्छन् । उनले भने ।

बंैक र बीमा कम्पनीहरुबीच हुन थालेको बैंकास्योरेन्स बीमा क्षेत्रको चुनौती हो । कानुनमा नै नभएको यस्तो कार्यले बीमा व्यवसायमा लागेका ४ लाख अभिकर्ताहरुको रोजिरोटि नै नखोसिएला भन्न सकिदैँन् । यो नै बीमा अभिकर्ताको चूनौती हो । बैंकहरुले नै खातावालाहरुलाई फोन गर्र्दै बीमाको प्रस्ताव गर्ने प्रवृद्धि बढ्दैछ । बढ्दै गएको यस्तो खालको बिकृतिलाई बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले रोक गर्नु पर्ने देखिन्छ । फोन गर्दै बीमित डाक्ने बैंकहरुको यस्तो प्रवृत्ति यदि कम नगर्ने हो भने बीमा व्यवसायमा बिकराल स्थिति आउँछ । खातवालाको प्रकृति हेरेर बैंकहरुले फोन गर्दै बीमाको प्रस्ताव राख्ने गर्छन् । कानूनमा नै नभएको यस्तो खालको कार्य यदि भईरहने हो भने बीमा व्यवसायमा के चुनौती नआउला र ? उनले भने ।

ओम भन्छन्, “नियामक निकाय भन्छ, हामिले बैंककै आफ्ना कर्मचारीको बीमा गर्नका लागि पो त लाइसेन्स देको हो त अरुलाई बीमा गर्न त कहाँ दिएको होर् । ”

पूराना अभिकर्ता बाहेक बीमा क्षेत्रमा आउन चाहाने नयाँ अभिकर्ताहरुलाई बैंकास्योरेन्सले बिकराल अवश्था ल्याई दिन्छ, यदि यो तत्काल नरोक्ने हो भने । उनले बताए ।

नयाँ अभिकर्ताहरुलाई धेरै चुनौति छ किनकि कुनै एक मान्छेले बीमा गर्नु, बीमा गर भन्नु र संस्थाले भन्नुमा फरक छ । मान्छेहरुले व्यक्तिलाई भन्दा संस्थालाई वढी विश्वास गर्ने गर्दछन् ।

समितिले अहिले देखि नै बैंकास्योरेन्सलाई नियन्त्रण नगर्ने हो भने आागामि १ २ वर्षमा यसलाई नियन्त्रण गर्न नसक्ने अवश्था नआउँला भन्न पनि सकिँदैन् ।

अभिकर्ताहरु बीमा समितिको आम्दानीको स्रोत पनि हो । हरेक अभिकर्ताहरुले वर्षेनि आफ्नो लाइसेन्स नविकराण गर्नुृ पर्छ लाइसेन्स नविकरण वापत समितिले प्रत्येक लाइसेन्सको २ सय रुपैयाँ लिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार