दुई कम्पनीको बोनस शेयर पश्चात मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दुई कम्पनीको बोनस शेयर पश्चात मूल्य समायोजन भएको छ । नेप्सेमा कामना सेवा विकास बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीको मूल्य मायोजन भएको हो ।

सगरमाथा इन्स्योरेन्सकोे ८६ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । बोनस शेयर मूल्य समायोजन पछि इन्स्योरेन्सको शेयर मूल्य ६८१ रुपैयाँ ७२ पैसा कायम भएको छ । भने औसत आधारमूल्य १ हजार १५ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ ।

कामना सेवा विकास बैंकको १ दशमलव ५० प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो । बोनस शेयर समायोजन पछि बैंकको शेयर मूल्य १६२ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

नेप्सेले बैंकको औसत आधार मूल्य १ सय ६९ रुपैयाँ २८ पैसा कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार