यो साता नेप्सेमा ८१ लाख ७१ हजार कित्ता शेयर सुचिकृत

814

नेपाल स्टक एक्सचेन्जमा यो साता बैंक, लघुवित्त र हाइड्रोपावर कम्पनीको गरी ८१ लाख ७१ हजार २ सय ५० कित्ता शेयर सुचिकृत भएको छ ।

नेप्समा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त र युनियन हाइड्रोपावरको शेयर सूचिकृत भएको हो । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको बोनश शेयर, युनियन हाइड्रोपावर रस्वाभिमान लघुवित्तको भने साधारण शेयर सूचिकृत भएको हो ।

नेप्सेमा युनियन हाइड्रको ७५ लाख, नेपाल कम्युनिटीको ५२ हजार ६ सय ४० र स्वाभिमान लघुवित्तकोे ६ लाख १८ हजार ६ सय १० कित्ता सूचिकृत भएको छ ।

नेप्सेमा सूचिकृत भएका तीन कम्पनीमध्ये सबैभन्दा धेरै युनियन हाइड्रको ७५ लाख कित्ता आईपीओ सूचिकृत भएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्