IME Life

किन बैदेशिक रोजगार बीमाको पुनर्बीमा मात्रै स्थानिय पुनर्बीमा कम्पनीलाई ?

SPIL
NIC ASIA

नेपाली जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमाको ६५ प्रतिशत पुनर्बीमा नेपाली पुनर्बीमा कम्पनीमा नै गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७४/७५ सम्ममा बैदेशिक रोजगार बीमाको अधिकांश पुनर्बीमा नेपाली पुनर्बीमा कम्पनीमा नै गरिएको छ । तर समग्रमा भने नेपाली जीवन बीमा कम्पनीको ४३ प्रतिशत पुनर्बीमा नेपाली पुनर्बीमा कम्पनीमा भएको छ ।

समितिको तथ्यांक अनुसार बैदेशिक रोजगार बीमा बाहेक अन्य बीमाको थोरै पुनर्बीमा मात्रै नेपालमा भएको छ । अन्य बीमाको तुलनामा बैदेशिक रोजगार बीमामा बढी जोखिम हुने भएपछि विदेशी पुनर्बीमा कम्पनीले आनाकानी गर्ने गरेका छन् । त्यसैले कम्पनीहरुले स्थानिय पुनर्बीमा कम्पनीलाई नै गुहार्ने गरेका छन् ।

Prabhu
Crest

तथ्यांक अनुसार आव २०७०/७१ देखि २०७४/७५ सम्मको पाँच बर्षको अवधिमा बैदेशिक रोजगार बापत २ अर्ब २६ करोड रुपैयाँ पुनर्बीमा शुल्क विदेशिएको छ । तर, उक्त अवधिमा विदेशी पुनर्बीमा कम्पनीबाट १ अर्ब २५ करोड रुपैयाँ पुनर्बीमा भुक्तानी बापत नेपाल भित्रिएको छ । उक्त अवधिमा कमिशन, कर र सेवाशुल्कका लागि मात्रै कम्पनीहरुले ५३ करोड ७७ लाख रुपैयाँ खर्चिएका छन् ।

त्यस्तै, तथ्यांक अनुसार औसत कम्पनीहरुले बार्षिक ४५ करोड ३३ लाख रुपैयाँ विदेशी कम्पनीलाई पुनर्बीमा शुल्क भुक्तानी गरेको छ । जसमध्ये सेवा शुल्क लगायतको कामका लागि औसत १० करोड ७५ लाख रुपैयाँ खर्च भएको छ भने औसत २५ करोड ११ लाख रुपैयाँ पुनर्बीमा बापत भुक्तानी हुने गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS