७ वर्ष अवधिको २५ लाख इकाई ऋणपत्र बिक्री गर्दै सिद्धार्थ बैंक

60

सिद्धार्थ बैंकले ७ वर्ष अवधिको ‘१० दशमलव २५ प्रतिशतमा सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो ।

उक्त ऋणपत्रमा वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर पाइनेछ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

बैंकले जारी गर्न लागेको कुल ऋणपत्रमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १५ लाख इकाई बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यो ऋणपत्रलाई केयर रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस दिएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्