IME Life

फाइनान्स कम्पनीहरुमा को अघि को पछि ?

SPIL
NIC ASIA

इन्स्योरेन्स खबरले तेश्रो त्रैमासको आधारमा फाईनान्स कम्पनीहरुको गरेको तुलनात्मक अध्ययन :

जगेडा कोषको आधारमा :

Prabhu
Crest

फाइनान्स कम्पनीहरु मध्ये ५ फाईनान्स कम्पनीहरुको जगेडा कोष ऋणात्मक छ। वोर्ल्ड मर्चेन्ट, सिटि एक्सप्रेस, ललितपुर फाइनान्स, बेस्ट फाइनान्स र हाथ्वे फाइनान्सको जगेडा कोष ऋणात्मक छ।  जगेडा कोष ऋणात्मक भएका कम्पनीहरुमा लगानीकर्ताहरुले प्रतिफल पाउने सम्भावान एकदम न्यून हुन्छ।

सबै भन्दा बलियो जगेडा कोष यूनाइटेड फाइनान्सको छ। यूनाइटेड फाइनान्सको जगेडा कोषमा ४२ करोड १९ लाख रुपैयाँ छ।

श्रोत : आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरणको आधारमा 

निक्षेप र कर्जाको आधारमा :

निक्षेप र कर्जाको आधारमा आइसीएफसी फाइनान्स अघि छ।  आइसीएफसी फाइनान्सले ९ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८ अर्ब ३  करोड  रुपैयाँ कर्जा प्रवाह गरेको छ।

श्रोत : आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरणको आधारमा 

खुद नाफाको आधारमा :

खुद नाफाको आधारमा श्री इन्भेस्टमेन्ट अघि छ।  श्री इन्भेस्टमेन्टले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ९ करोड ५७ लाख खुद नाफा गरेको छ।  ललितपुर  फाइनान्स भने नोक्सानीमा रहेको छ।  ललितपुर फाइनान्स ४ करोड १८ लाख नोक्सानीमा छ।

श्रोत : आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरणको आधारमा 

प्रति शेयर आम्दानीको आधारमा :

प्रतिशेयर आम्दानीको आधारमा सिर्जना फाइनान्स अघि छ।  सिर्जना फाइनान्सको प्रति शेयर आम्दानी १९ रुपैयाँ ९९ पैसा रहेको छ भने ललितपुर फाइनान्सको प्रति शेयर आम्दानी २३ रुपैया ५५ पैसा ऋणात्मक छ।

 

श्रोत : आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरणको आधारमा  र प्रति शेयर आम्दानीलाई वार्षिकरण  गरिएको छ। 

खराब कर्जाको आधारमा :

खराब कर्जाको आधारमा वोर्ल्ड मर्चेन्टको खराब कर्जा सबै  भन्दा धेरै छ।  वोर्ल्ड मर्चेन्टको खराब कर्जा १०० प्रतिशत छ। ४ फाइनान्स कम्पनीको खराब कर्जा ५ प्रतिशत भन्दा माथि छ। वोर्ल्ड मर्चेन्ट, ललितपुर फाइनान्स, बेष्ट फाइनान्स, सिटी एक्सप्रेस फाइनान्सको खराब कर्जा ५ प्रतिशत भन्दा माथि छ।

श्रोत : आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरणको आधारमा 

किताबी मूल्यको आधारमा :

सबैभन्दा धेरै किताबी मूल्य मल्टी पर्पोज फाइनान्सको रहेको छ। ५ फाइनान्स कम्पनीको किताबी मूल्य १०० रुपैया भन्दा मुनी छ।  बेस्ट फाइनान्स, सिटी एक्सप्रेस, हाथवे फाइनान्स, ललितपुर फाइनान्स र वोर्ल्ड मर्चेन्टको किताबी मूल्य एक सय रुपैयाँ भन्दा मुनी छ।

 

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS