IME Life

पुनर्बीमा कम्पनीबाट हात झिक्यो ओरेन्टियलले

SPIL
NIC ASIA

पुनर्बीमा कम्पनीबाट ओरेन्टियल इन्स्योरेन्स कम्पनीले आफनो हात झिकेको छ । ओरेन्टियलले आफनो हिस्साको रकम थप नगरेपछि सरकारले नै ओरेन्टियलको हिस्साको रकम भुक्तानी गरेको छ ।

सरकारले २०७१ सालमा आस्कमिक बीमाकोषलाई पुनर्बीमा कम्पनीमा रुपान्तरण गरेको हो । सरकार र बीमा कम्पनीहरुको लगानीमा नै कोषको स्थापना गरिएको थियो । पुर्नर्बीमा कम्पनीमा सरकार र बीमा कम्पनीहरुको लगानी रहेकोे छ ।

Prabhu
Crest

२ अर्ब १० करोड चुक्ता सहित स्थापना भएको पुनर्बीमा कम्पनीले ५ अर्ब हुदै अहिले पुँजी बृद्धि गरी १० अर्ब बनाउँने भएको छ । पूँजी बृद्धिका लागि सरकार र अन्य कम्पनीले आपनो हिस्साको रकम भुक्तानी गरे पनि ओरियण्टलले भने गर्न सकेन । नियम अनुसार कुनै कम्पनीले आफनो हिस्साको शेयर भुक्तानी गर्न नसकेपछि सरकारले नै सकार्ने व्यवस्था छ । सोही अनुसार ओरेन्टियलको हिस्सा पनि सरकारले नै भुक्तानी गर्ने भएको छ । यसपछि कम्पनीको सरकारको लगानी हिस्सा ४४ दशमलव शून्य ३ प्रतिशत हुनेछ ।

यस अघि पनि कम्पनीले आपनो पूँजी ५ अर्ब बनाउँदा नेशनल र एनएलजी लगायका कम्पनीले आफनो हिस्साको रकम भुक्तानी गरेका थिएनन् । मेटलाईफ इन्स्योरेन्स पुर्नबिमा कम्पनीमा सहभागी छैन ।

आगामी एक महिनामा नै पुर्नर्बीमाको आईपिओ आउँने

नेपाल पुर्नर्बीमा कम्पनीले आगामी एक महिना भित्रमा प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । शेयर निष्काशन लागि कम्पनीले आरबीबी मर्चेण्ट बैकिगंलाई धितोपत्र निकाष्शन तथा व्यवस्थापक नियुक्त गरेको छ । साथै अण्डर राईटिंगको लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । कम्पनीले कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता शेयर निकाष्शन गर्न लागेको हो ।

कम्पनीका अनुसार ओरेन्टियल कम्पनीले थपगर्नुपर्ने रकम भुक्तानी गर्न ढिलाई गर्दा आईपिओ निष्काशनमा पनि ढिलाई हुन गएको हो । कम्पनीले आगामी ३१ गते साधारण सभा बोलाएको छ । सभाले ओरेन्टियलको हिस्सा सरकारले लिने प्रस्ताव पारित गरेपछि कम्पनीले रजिष्टार कार्यलयबाट स्वीकृति प्राप्त गर्ने बताएको छ ।

आईपिओको लागि बीमा समितिबाट स्वीकृतिप्राप्त भै सकेको कम्पनीले बताएको छ । त्यस्तै, रेटिगंको प्रक्रियामा रहेको समेत कम्पनीले बताएको छ । कम्पनीको जारी पूँजी १५ अर्ब रुपैयाँ छ । सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्तापूँजी १० अर्ब पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS