जनरल इन्स्योरेन्सको बीमा सेवा सिद्धार्थ बैंकबाट पाईने

265

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र सिद्धार्थ बैंक लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

इन्स्योरेन्स तथा बैङ्क बीच मंंगलबारका दिन आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोट र बैङ्कका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल हस्ताक्षर गरेका हुन् ।

सहमति भएसंगै बैङ्कका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्