लक्ष्मी बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न माग्यो धितोपत्र बोर्डसँग अनुमति

126

लक्ष्मी बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो । जसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १२ लाख इकाई बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ रहेको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्