नेप्सेमा ८ अंकको गिरावट, कारोबार ६१ करोड

125

साताको दोस्रो दिन नेप्से ८ दशमलव ७८ अङ्कले घटेर १२७५ दशमलव ८२ अङ्कमा बन्द भएको छ । ६१ करोड ३ लाख ४७ हजार बराबरको कारोबार भएको छ ।

विकास बैंक , उत्पादनमूलक क्षेत्र र म्युचल फन्डको परिसुचक बाहेक अन्य सबै क्षेत्रको परिसूचकमा गिरावट आएको छ ।
सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको भएको छ । जसको कारोबार ४ करोड १८ लाख ५९ हजार रुपैयाँ बराबरको भएको छ ।

यस दिन सर्वाधिक कमाउनेमा वल्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको भएको छ । जसको शेयर मूल्यमा ७ दशमलव ६१ प्रतिशतले बढेको छ ।

साथै सर्वाधिक गुमाउनेमा ताँरागाँउ रेजेन्सि होटलका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ७ दशमलव ३३ प्रतिशतले घटेको छ ।

जीवन र निर्जिवन बीमाको परिसूचकमा गिरावट आएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्