IME Life

राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

राष्ट्रिय बीमा संस्थानद्वारा राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा योजना सम्बन्धमा गरिएको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नागरिक लगानी कोषबाट जारी गर्दै आएको नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा योजना आगामी दिनमा राष्ट्रिय बीमा संस्थानबाट जारी तथा कार्यान्वयन गर्न सो कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा निजामती कितावखानाको प्रतिनिधी, नेपाली सेनाको प्रतिनिधी, नेपाल प्रहरी प्रतिनिधी नागरिक लगानी कोषको कर्मचारी र अर्थमन्त्रालयको प्रतिनिधीको सहभागिता रहेको थियो ।कार्यक्रममा अण्डरराइटिङ्ग, दावी, बीमा शुल्क जम्मा गर्ने साथै अन्य बीमा सञ्चालन सम्बन्धी विविध विषयमा रहेर छलफल तथा अन्तरक्रिया भएको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा बीमा संस्थानको तर्फबाट अण्डरराइटिङ्ग विभागको सह(ब्यवस्थापक विन्दु शर्माले बीमा अण्डरराइटिङ्ग सम्वन्धी स्पष्ट पारेकी थिइन् । त्यस्तै दावी सम्वन्धी दावी विभागका सह–व्यवस्थापक शिशिर देवकोटाले स्पष्ट पारेका थिए ।

Prabhu
Crest

कार्यक्रममा नागरिक लगानी कोषको तर्फबाट व्यवस्थापक गोपाल घिमिरेले बीमा शुल्क जम्मा गर्दा आईपर्ने समस्या सम्वन्धी कुरा कुरा राखेका थिए । छलफल तथा अन्तरक्रिया कार्यक्रममा सरोकारवालाबाट आएको जिज्ञासालाई आयोजकको तर्फबाट संस्थानका प्रशासक कवि प्रसाद पाठकले सम्वोदन गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थानको बजार व्यवस्थापन विभागका व्यवस्थापक अवि केशर ओलीले गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS