मुक्तिनाथ विकास बैंक २० प्रतिशत हकप्रद निष्काशनको अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

153

मुक्तिनाथ विकास बैंकले २० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । हकप्रद जारी गर्न बैंकले धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

बैंकले १ः०.२ अनुपातमा ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धक भिबोर क्यापिटलले रहेको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्व ६ करोड ४७ लाख ६० हजार रुपैयाँ छ । २० प्रतिशत हकप्रद जारीपछि पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।

बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ २३ पैसा रहेको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्