ग्रामीण विकास लघुवित्तको हकप्रद भर्ने जेठ ३० गते अन्तिम दिन

ग्रामीण बिकास लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयर निष्काशन गर्नका लागि फागुन २७ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । संस्थाले १ सय रुपैयाँ बराबर अंकित मुल्यमा ५० प्रतिशतका दरले हकप्रद बिक्रि गरिरहेको छ ।

संस्थाले चैत ३० गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण चैत २८ सम्म कायम सेयरधनीहरुले मात्र लघुवित्तको हकप्रद भर्न पाउनेछन। बैशाख २७ देखि निष्काशन गरेको हकप्रदमा आवेदन दिने अन्तिम दिन जेठ ३० रहेको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। कायम सेयरधनीहरुले एनआईबिएल एस क्यापिटलको लाजिम्पाट काठमाण्डौ, तथा शाखा कार्यालयहरु लाल्दरबार काठमाण्डौ र लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा तथा ट्राफिकचोक बुटवल र गोल्छाचोक बिराटनगरबाट आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्नेछन।

त्यस्तै लघुवित्तको बुटवल स्थित केन्द्रिय कार्यालय तथा क्षेत्रीय कार्यालय बिराटनगर, बुटवलम जनकपुर, नेपालगंज र धनगढीबाट समेत आबेदन दिन सकिनेछ। त्यस्तै सम्पूर्ण आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार