IME Life

मच्छिन्द्रनाथ जात्राको जोखीम बीमाले गर्छ सुरक्षा

SPIL
NIC ASIA

वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन आज ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइने भएको छ । यसै अवसरमा सरकारले आईतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको हो । ललितपुरका स्थानियवासीहरुले मछिन्द्रनाथको जात्रालाई निकै ठूलो पर्वको रुपमा हर्षोउल्लासका साथ मनाउने गर्दछन् ।

उक्त पर्वमा रथ बनाउदाँ वा रथ तान्ने समयमा जोखिमहरु धेरै हुने भएको कारण यसमा बीमा गनुपर्छ भन्ने धारणा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको रहेको थियो । उनी २०५९ सालमा ज्याँपू समाजको अध्यक्ष भएको समयमा बीमा गराएका थिए ।

Prabhu
Crest

उनी २०५९ सालमा ललितपुर ज्याँपू समाजको अध्यक्ष भएको समयमा पाटनको सुन्धारामा रथ पल्टिएको थियो । उक्त रथ ढल्दा मानिसहरु दुघर्टना परेका थिए । उनले उक्त क्षतीलाई बीमाले कभर गर्नुपर्छ भने बिषयमा सोच बनाएका थिए । उक्त समयमा उनले यसमा कस्तो खालको बीमा योजना लिदाँ ठिक हुन्छ होला भनेर सोच बनाएका थिए ।

उक्त समयमा बीमा कम्पनीहरु पनि थोरै थिए । उनले राष्ट्रिय बीमा संस्थानमा पनि यस बिषयमा कुरा नराखेका पनि हैनन् । तर उनको यस्तो प्रस्तावलाई संस्थानले सहज रुपमा नहेरेको उनले बताए ।त्यस पश्चात् बीमा समितिको अधिकारीसँग पनि उनले कुरा गरे । उक्त समयमा उनले बीमा गर्नको लागि रथ बनाउने नेवारी समुदायका व्यक्तिहरुसँग र विज्ञहरुसँग त्यो समयमा रथ बनाउँदादेखि नबिग्रदा सम्मको अबधिमा बीमा गराउन सफल भएका थिए ।

ललितपुर, काठमाडौ र भक्तपुरमा पनि निकै ठूलो जात्रा हुने गरेको पाईन्छ । यस्ता जात्रामा जोखिमहरु धेरै नै हुने भएको कारणले गर्दा बीमा निकै जरुरी रहेको छ उनको भनाई छ ।

किन मनाईन्छ त जात्रा ?

शुक्ल प्रतिपदामा रथारोहण गरिसकेपछि अक्षय तृतियाका दिन गौदानसहितको शान्ति स्वस्ति पश्चात् चौथी तिथिमा रथयात्रा आरम्भ गरिन्छ । यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ ।

बहुमूल्य रत्नले बनाएको भोटो लगाएको भूतसँगै भोटोको स्वामित्वको विषयमा भक्तपुरका एक जना ज्यापु वैद्यले झगडा गरेको र त्यही भोटोको विवाद समाधान गर्न सार्वजनिक रुपमा प्रमाणसहित भोटो दाबी पेश गर्न भोटो देखाउने चलन शुरु भएको जनविश्वास छ।

वास्तविक हकदारले दाबी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने कथन छ । यसै अवसरमा सरकारले आईतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको थियो ।

उक्त मछिन्द्रनाथको रथ निमार्णमा कुनै किल्ला , काटि एवं पेज कस्न र मोसिनरी वस्तुको प्रयोग नगरिकन परम्परागत शैलीमा उक्त रथको निमार्ण सम्पन्न गरिएको हुन्छ । रातो मच्छिन्द्रनाथको जात्रा नेपालकै सबैभन्दा लामो जात्राका रुपमा चिनिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS