आर्थिक समृद्धि लघुवित्त र साधना लघुवित्त एकआपसमा गाभिदै

साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक समृद्धि लघुवित्तलाई प्राप्ती गर्ने भएको छ । दुवै लघुवित्तले एक्विजिसन सम्बन्धी प्रस्ताव पारित गर्न शनिबार (जेठ २५ गते) विशेष साधारण सभा बोलाएका छन् । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १००ः८० सेयर स्वाप रेसियो पारित गर्ने प्रमुख एजेन्डा रहेको छ ।

।साधारण सभा होटल सत्यम, गोरखा नगरपालिका ६, गोरखामा बिहान ११ बजे सुरु हुनेछ । यस्तै, आर्थिक समृद्धिको सभा होटल मुस्ताङ बन्दिपुर, तनहुँमा बिहान ११ बजे बस्नेछ ।

एक्विजिसन प्रक्रियामा नियामक निकायको निर्देशन अनुसार काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ ।

एक्विजिसनपछि कायम हुने चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि छ । यी दुवै कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेका छैनन्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार