नेपाल इन्स्योरेन्सको १ लाख ४७ हजार कित्ता सेयर लिलामीको बोलपत्र आज खुल्दै

163

नेपाल इन्स्योरेन्स सेयर लिलामी बोलपत्र जेठ २४ गते (आज) खोल्ने भएको छ । ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा अपरान्ह २ बजे बोलपत्र खोल्ने कार्यक्रम रहेको छ ।

नेपाल इन्स्योरेन्स जेठ ५ गतेदेखि १ लाख ४७ हजार १०३.०८ कित्ता सेयर लिलामी गरेको हो । यसमध्ये सर्वसाधारण समूहको १ लाख ४४ हजार ५८१.३६ कित्ता र संस्थापक समूहको २ हजार ५११.७३ कित्ता सेयर रहेको छ ।नेपाल इन्स्योरेन्स यस अघि ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी गरेको हो ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्