IME Life

सवारी दुर्घटनाका घाइतेको मृत्यु हुँदा परिवारले २८ लाखसम्म पाउने

SPIL
NIC ASIA

यातायात समितिहरूको खारेजीपछि व्यवसायीलाई थप सुरक्षित बनाउन सरकारले बीमांक रकम बढाउँदै

अब सवारीसाधन दुर्घटनाबाट मृत्यु भएमा पीडित परिवारले बीमा कम्पनीबाट अधिकतम २८ लाख रुपैयाँसम्म पाउने भएका छन् ।

Prabhu
Crest

यातायात व्यवस्था विभागको अनुरोधमा बीमा समितिले मोटर बीमाको बीमांक रकम ८ लाखबाट बढाएर २८ लाख रुपैयाँसम्म बनाउने तयारी गरेको छ । विभागले मोटर बिमा योजनामा मेरुदण्ड र टाउकोमा लागेको चोटको पनि रक्षावरण गर्न समितिलाई अनुरोध गरेको छ ।

सरकारले यातायात समितिहरूको खारेजी गरेपछि व्यवसायीलाई थप सुरक्षित बनाउन बीमांक रकम बढाउने तयारी गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयपछि विभागले मोटर बीमालाई संशोधन गरी बीमांक रकम बढाउन बीमा समितिलाई अनुरोध गरेको विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । ‘हामीले हाम्रो आवश्यकताअनुसार बीमांक रकम बढाउन बिमा समितिसँग अनुरोध गरेका छौँ । उहाँहरूले अन्य सरोकार निकायहरूसँग छलफल गरी बीमाशुल्कसहितको योजना बनाउँदै हुनुहुन्छ,’ उनले भने ।

मृत्यु बापतको रकम बढाइँदै
यातायात विभागको अनुरोधमा बीमा समितिले मोटर बिमाअन्तर्गत मृत्यु वा उपचारबापतको रकम बढाउने भएको छ । समितिले मोटर दुर्घटनाका कारण मृत्यु भएमा १० लाख रुपैयाँ र मेडिकलबापत ३ लाख रुपैयाँ तोकिने तयारी गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘हामीले विभागको अनुरोधमा मोटर बीमालाई संशोधन गर्ने तयारी गरेका हौँ । बीमा कम्पनी र यातायात व्यवसायीसँग बसेर बीमाशुल्क दर कायम गरिनेछ,’ उनले भने । हालको व्यवस्थाअनुसार मोटर दुर्घटनाबाट मृत्यु भएमा ५ लाख रुपैयाँ र मेडिकलबापत ३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था छ । यसअघि विभागले मेडिकल उपचारबापत ६ लाख रुपैयाँ पुर्‍याउनुपर्ने प्रस्ताव गरेको थियो ।

२८ लाख पाउने अवस्था
बीमा समितिले संशोधन गर्न लागेको मोटर बीमा योजनामा सवारी दुर्घटनाका कारणले मेरुदण्ड र टाउकोमा चोट लागेमा उपचार गर्न १५ लाख रुपैयाँ तोकिएको छ । यो व्यवस्थाअनुसार दुर्घटनाका कारणले मानिसको मृत्यु भएमा अधिकतम २८ लाख रुपैयाँसम्म कम्पनीले भुक्तानी गर्नुपर्नेछ । दुर्घटनाबाट मृत्यु मात्रै भएको अवस्थामा कम्पनीले १० लाख रुपैयाँ भुक्तानी गर्नेछ । त्यस्तै, उपचार मात्रै गर्नुपरेमा ३ लाख रुपैयाँ भुक्तानी गर्नेछ । उपचार गर्दै जाँदा टाउकोमा र मेरुदण्ड चोट लागेको पाइएमा १५ लाख रुपैयाँ भुक्तानी गर्नेछ ।

दुर्घटना बीमाको बिमाशुल्क दर
बीमा समितिका अनुसार मोटरसाइकलबाहेकका सबै प्रकारका सवारीसाधन (सरकारी बाहेक)को चालकको दुर्घटना बिमाशुल्क दर ७ सय रुपैयाँ छ । त्यस्तै, व्यावसायिक सवारीसाधन (सकारी बाहेक)को परिचालक, सुरक्षाकर्मी, चेकर हेल्पर वा अन्य कर्मचारी दुर्घटना, निजी सवारीसाधनको यात्री तथा बीमित (सरकारी बाहेक)को दुर्घटना र व्यावसायिक सवारीसाधन (सरकारी बाहेक) को यात्रीप्रतिको दायित्व बीमाको बीमाशुल्क दर ७ सय रुपैयाँ तोकिएको छ । साथै, सरकारी मोटरसाइकल बाहेकका सबै सवारीसाधनको चालकको दुर्घटना बीमाशुल्क दर ६ सय रुपैयाँ तोकिएको छ । व्यावसायिक सवारीसाधन ९सरकारी०को परिचालक, सुरक्षाकर्मी, चेकर हेल्परको दुर्घटना, निजी सवारीसाधनको यात्री तथा बीमित ९सरकारी०को दुर्घटना बीमाशुल्क र व्यावसायिक सवारीसाधन (सरकारी)को यात्रीप्रति दायित्व बीमाको बीमाशुल्क दर पनि ६ सय तोकिएको छ ।

नेपालमा मोटर बीमाको सुरुवात
नेपालमा सवारीसाधन दुर्घटना हुँदा बन्द र हडताल हुने क्रम बढ्दै गएपछि सरकारले मोटर बीमाको तेस्रो पक्ष बीमालाई अनिवार्य गरेको हो । ०६६ साल भदौ १ गतेदेखि तेस्रो पक्ष बिमा अनिवार्य गरिएको थियो । सो व्यवस्थाअनुसार बिमा गरिएको सवारीसाधनका कारण तेस्रो पक्षलाई क्षति पुगेको अवस्थामा कम्पनीले दाबी भुक्तानी गथ्र्यो । ०७३ साउन १ गतेदेखि लागू हुने गरी सरकारले यात्रु पक्षको बिमालाई पनि अनिवार्य गरेको छ । जसअनुसार व्यवसायीले सवारीसाधनको सिटका आधारमा बीमा गर्नुपर्नेछ । त्यस्तै, चालक र सहचालकको पनि बीमा गर्नुपर्नेछ ।

गाडीको स्वामित्वका आधारमा बीमाशुल्क
बीमा समितिले सवारीसाधनको स्वामित्वका आधारमा बीमाशुल्क फरक–फरक तोकिने तयारी गरेको छ । निजी, सरकारी र सार्वजनिक सवारीसाधनको दुर्घटनाको दरमा भिन्नता भएकाले बीमाशुल्क पनि फरक–फरक हुनुपर्ने समितिका कार्यकारी निर्देशक पौडेलले बताए । ‘निजी र सरकारी सवारीसाधनको तुलनामा सार्वजनिक सवारीसाधनको दुर्घटनाको दर बढी छ,’ उनले भने । बीमाशुल्क पनि सोहीअनुसार भएमा अझ व्यावहारिक हुने उनको दाबी छ । समितिका अनुसार बीमांक रकम बढेसँगै बीमाशुल्क दर पनि निश्चित रूपमा बढ्नेछ ।

हालको व्यवस्थाअनुसार सवारी दुर्घटना बीमांक रकम अधिकतम ५ लाख रुपैयाँ छ । दुर्घटनाबाट मृत्यु भएमा ५ लाख र उपचारबापत ३ लाख रुपैयाँ तोकिएको छ । निजी सवारीसाधनको हकमा तेस्रो पक्ष मानव क्षतिको अधिकतम दायित्व ८० लाख र सम्पत्ति क्षतिको अधिकतम दायित्व पनि ८० लाख रुपैयाँ रहेको छ । व्यावसायिक सवारीसाधनको हकमा पनि तेस्रो पक्ष मानव क्षतिको अधिकतम दायित्व ५० लाख रुपैयाँ र सम्पत्ति क्षतिको अधिकतम दायित्वमा पनि ५० लाख रुपैयाँ रहेको छ । मोटरसाइकल दुर्घटना भएको अवस्थामा मानव क्षति र सम्पत्ति क्षतिको अधिकतम २५–२५ लाख रुपैयाँ रहेको छ ।

नयाँ पत्रिका दैनिका प्रकाशित समाचार

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS