९.५० % लाभांश पारित गर्न कामना सेवाले डाक्यो एजिएम

कामना सेवा विकास बैंकको साधारणसभा असार १४ गते हुने भएको छ । बैंकको २०७५ /२ /२२ गते बसेको संचालक समितिको २ सय ७१औं बैंठकले असार १४ गते कालिकास्थानको अमृतभोग क्याटरिङ्गमा उक्त साधारण सभाको मिति तय गरेको हो ।

सभाले गत आव २०७४।७५ को मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको १ दशमलव ५० प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश गरी कूल दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

बैंकको हाल कायम चुक्ता पूँजीको १ दशमलव ५० प्रतिशतले कायम हुन आउने ३ करोड ७५ लाख ३९ हजार ८ सय ३२ रुैपैयाँ बराबरको बोनस शेयर र ८ प्रतिशतले हुन आउने २० करोड २ लाख १२ हजार ४ सय ४१ रुपियाँ बराबरको नगद लाभांश वितरण गर्ने तयारी गरेको हो ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पूँजी २ अर्ब ५४ करोड हाराहारीमा पुग्नेछ ।

साधारण सभा प्रयोजनको लागि बैंकले जेठ ३१ गते देखि असार १४ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार जेठ ३० गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार