सगरमाथा इन्स्योरेन्सको साधारण सभा असार १३ गते

सगरमाथा इन्स्योरेन्सले असार १३ गते वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभामा इन्स्योरेन्सले ८६ प्रतिशत बोनस सेयर पारित गर्ने भएको छ । हाल कायम ५३ करोड ८२ लाख ९१ हजार ९ सय रुपैयाँ चुक्ता पुँजीको ८६ प्रतिशत बोनस शेयर पारित गर्नका लागि सो साधारण सभा आव्हान गरेको हो ।

उक्त साधारण सभा आम्रपाली बैंक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा संस्थापक सेयरधनी समूहका ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन हुनेछ । साथै, सञ्चालक समितिमा विदेशी लगानीकर्ता समूहबाट मनोनित १ जना र १ जना स्वतन्त्र सञ्चालक रहने एजेन्डा सभामा पेश हुनेछ ।

सभाका लागि असार १ देखि १३ गतेसम्म बुक क्लोज हुनेछ । बुक क्लोज हुनुभन्दा अघिसम्म कायम रहने सेयरधनी मात्र लाभांस पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार