IME Life

आमा नभए परिवार एक्लिन्छ, बीमा नभए जीवन नै

SPIL
NIC ASIA

निर्जला खड्का  बीमा एक किसिमको बचत र लगानी दुवै हो । जीवन बीमा जोखिमहरुको बहन गर्ने वित्तीय साधन पनि हो । जीवन बीमाले जस्तोसुकै पिडीतलाई पनि डर र त्रासबाट मुक्त गराएर सहयोग गर्ने गर्दछ । बीमा खर्च होइन, जोखिम व्यवस्थापन र भविष्यका लागि बचत पनि हो ।

जसरी आमाको अभावमा परिवार रित्तिन्छ वा एक्लिन्छ, त्यसैगरी बीमा नभए जीवन नै । आमाले आफ्नो परिवारलाई जसरी सुरक्षित राख्छिन् त्यसरी बीमाले पनि हाम्रो अमूल्य जीवनको सुरक्षित गरी राख्दछ । बीमाले जीवनमात्र कँहा हो र हाम्रो भौतिक सम्पतीको पनि सुरक्षण गर्ने गर्दछ ।

Prabhu
Crest

हाम्रो भविष्य अनिश्चित छ । भविष्यमा जोखिमहरु कति बेला आउँछन् कसैलाई थाहा हुदैन् । जीवनमा जुनसुकै समयममा पनि सोच्दै नसोचेको जोखिमहरुको सामना गर्नुपर्ने हुन्छ । मानवीय जीवन अमूल्य छ, त्यसैले जीवन बीमाकै माध्यमबाट जीवनको हरेक पल, हरेक समय वा अवस्थामा सुरक्षित रहन जरुरी छ । बीमाले भविष्यमा पर्न सक्ने सम्भावित जोखिमहरुलाई केही हदसम्म नियन्त्रण गर्ने गर्दछ ।

जसरी एउटा घरमा परिवारको सम्पुर्ण आर्थिक जिम्मेवारी एउटी आमाले बहन गरेकी हुन्छिन् । त्यसैगरी बीमाले पनि मानीसहरुको जीवनमा पर्ने हर जोखिमको साथै, सम्पतिको पनि आर्थिक बहन गर्ने गर्दछ । बीमा यस्तो साधन हो, जसले बीमित वा बीमितको परिवारको आर्थिक सुरक्षाको रूपमा काम गरेको हुन्छ ।

बीमामा बीमितको धेरै ठूलो रकमको जोखिम वहन भएको हुन्छ । बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएमा बीमाङ्क तथा सो अवधिसम्मको बोनस बीमा कम्पनीले निजको हकवालालाई प्रदान गर्छ । बीमितको परिवारले बीमा कम्पनीबाट प्राप्त गरेको रकमबाट आफ्नो जीविका चलाउन सक्छ ।

कुनै पनि घरकी आमाले आफ्नो छोरा छोरीको भविष्यमाथि सम्पूर्ण जिम्मेवारी लिएकी हुन्छिन् । त्यही छोराछोरीको भविष्यमा आउने हर जोखिमहरुको बहनमा महत्वपुर्ण भुमिका खेलिरहेकी हुन्छिन् । त्यसैगरी बीमाले पनि हाम्रो भविष्यमा पर्न सक्ने सम्भावित जोखिमको न्यूनिकरणमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।

भविष्यको योजना निर्माणमा हाम्रो इच्छा र आकांक्षा आवश्यकता भन्दा धेरै माथि रहेको हुन्छ । हामीसँग भविष्यका योजनाहरु पनि धेरै हुन्छन् । सोही अनुसार हामी काम गरिरहेका हुन्छौँ । हाम्रो इच्छा तथा चाहाना अनुसार आवश्यक्ता पुरा भएतापनि साथमा बीमा भएन भने हामीले जोडेका ती इच्छाहरु एकैछिनमा तहसनहस नहोलान् भन्न पनि सकिँदैन । त्यसकारण मानवीय जीवनमा बीमा अपरिहार्य छ ।
हरेक व्यक्तिले आफ्ना सन्तान शिक्षित बनुन् भन्ने चाहन्छन् ।

सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहेअनुसारका बीमा गर्न सक्छन् । कसैले बालबालिकाको भविष्यका बारेमा सोच्छन् भने जीवन बीमा उसको शिक्षाको निरन्तरता र सही उपलब्धिकै लागि अत्यावश्यक बन्न सक्छ । कुनै घटना वा दुर्घटनाको कारण आज गुणस्तरीय निजी शिक्षण संस्थाबाट भोलि सस्तो र सामान्य विद्यालय खोज्दै हिँड्नुपर्ने दुर्भाग्यबाट पनि जीवन बीमाले जोगाउँछ ।

आमा बीना एउटा सभ्य परिवारको कल्पना गर्ने सकिदैन त्यसैगरी बीमा बीना मानीसहरुको जिन्दगी र पुरै सम्पतिको सुरक्षाको परिकल्पना समेत गर्न सकिदैन् । त्यसकारण परिवारमा आमाको जति महत्व हुन्छ त्यस्तै मानवीय जीवनमा पनि बीमाको महत्व त्यत्ति नै रहेको हुन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS