IME Life

करिब सवा २ लाख गरिबलाई साढे ११ करोड खर्चियो सरकारले

SPIL
NIC ASIA

गत आर्थिक बर्ष २०७४÷७५ मा सरकाले करिब सवा २ लाख गरिबलाई निःशुल्क स्वास्थ्य बीमा सेवा प्रदान गरेको छ । स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार गत आर्थिक वर्ष बोर्डबाट २ लाख ३१ हजार ४ सय ८८ रुपैयाँको अति गरिबले निःशुल्क स्वास्थ्य बीमा सेवा पाएका थिए ।

स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा अति गरिबलाई निःशुल्क स्वास्थय बीमा सेवा प्रदान गर्ने सरकारले व्यवस्था गरेको छ । भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विरतण गरेको परिचय पत्रको आधारमा सरकारले बीमा सेवा दिएको हो । सररकाले अति गरिबलाई निःशुल्क बीमाको व्यवस्था गरेको छ भने गरिबलाई बीमा शुल्कमा ५० प्रतिशतसम्म छुट र मध्यम गरिबलाई ७५ प्रतिशतसम्मको छुटको व्यवस्था गरेको छ ।

Prabhu
Crest

तथ्यांक अनुसार गत आवमा ४६ हजार ३ सय घरधुरीले निःशुल्क स्वास्थ्य बीमा सेवा पाएका छन् । जसमध्ये महिलाको संख्या ४२ हजार ४ सय ३५ छ भने पुरुषको संख्या ३७ हजार १ सय ५ रहेको छ । सो संख्याको गरिबको निःशुल्क बीमाको लागी सरकारले ११ करोड ५७ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

सरकारले सुदूर पश्चिमका ७९ हजार ५ सय ४९ अति गरिबको निःशुल्क बीमा गरिदिएको छ । तुलनात्मक रुपमा सुदुर पश्चिममा सबै भन्दा बढीले बीमाको लाभ लिएका छन् । तथ्यांक अनुसार बोर्डले सुदूर पश्चिम प्रदेशका १५ हजार ९ सय १० घरपरिवार बराबरको बीमाका लागि ३ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ । बीमितमध्ये महिलाको संख्या ४२ हजार ४ सय ३५ छ भने पुरुषको संख्या ३७ हजार १ सय ५ रहेको छ ।

त्यस्तै, कर्णाली प्रदेशका अति गरिबको बीमाका लागि भने सरकारले २ करोड ४ लाख रुपैयाँ खर्च गरेको छ । सरकारले कर्णाली प्रदेशका ४० हजार ९ सय ५३ गरिबको निःशुल्क बीमा गरिदिएको छ । बीमा कार्यक्रममा ८ हजार १ सय ९१ घरधुरी समेटिएका छन् ।

सरकारले प्रदेश नम्बर पाँचका ६२ हजार ८ सय ५३ अति गरिबको सरकारले बीमा गरिदिएको छ । तथ्यांक अनुसार बीमामा १२ हजार ५ सय ७१ घरधुरी समेटिएका छन् । जस बराबर सरकारले ३ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । बीमा कार्यक्रममा २७ हजार ९ सय ३५ पुरुष र ३४ हजार ९ सय ७ महिला समेटिएका छन् ।

त्यस्तै, गण्डकी प्रदेशमा कुल जनसंख्याको ११ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बीमा कार्यक्रम सहभागी भएका छन् । बोर्डको तथ्यांक अनुसार गत आवसम्ममा गण्डकी प्रदेशको ५ वटा जिल्लामा कार्यक्रम सञ्चालन भएको थिए । प्रदेश नम्बर तीनमा कुल जनसंख्याको १४ दशमलव ७० प्रतिशतले स्वास्थ्य बीमा गरेका छन् ।

बोर्डको तथ्यांक अनुसार गत आवसम्ममा उक्त प्रदेशको पाँच वटा जिल्लामा कार्यक्रम विस्तार भएको छ । १८ लाख ३ हजार ९ सय ५० जनसंख्या रहेको उक्त प्रदेशमा २ लाख ६५ हजार ३ सय ७ नागरिब बीमाका समेटिएका छन् । प्रदेश नम्बर तीनका १८ हजार ३ सय ६५ नागरिकको सरकारले निःशुल्क बीमा गरिदिएको छ । ३ हजार ६ सय ७३ घरघुरीले निःशुल्क बीमा सेवा पाएका छन् । जसमध्ये पुरुषको संख्या ८ हजार ८ सय ८० र महिलाको संख्या ९ हजार ४ सय ८४ छ ।

प्रदेश नम्बर दुईमा १२ हजार ४ सय ९ जना व्यक्ति स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । सरकारले प्रदेश नम्बर एकका ८ हजार ७ सय १९ अति गरिबको निशुल्क बीमा गरिदिएको छ । जस बापत रकराले ४३ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS