IME Life

वालिङमा जेठ २४ र २५ गते बैकिङ तथा बीमा एक्स्पो हुने

SPIL
NIC ASIA

स्याङ्जाको वालिङमा बैकिङ तथा बीमा एक्स्पो हुने भएको छ । बित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गत आगामी जेष्ठ २४ र २५ गते वालिङमा एक्स्पो हुने भएको छ ।

मिडिया ईन्टरनेशनलको आयोजना तथा नेपाल राष्ट्र बैकको प्रवद्र्धन, बीमा समितिको सहकार्य र वालिङ उद्योग बाणिज्य संघको सहकार्यमा हुने एक्स्पोमा उद्यमशीलताको बारेमा बहस, बित्तीय साक्षरता सम्वन्धी विशेष अन्तरक्रिया गरिने बताईएको छ ।

Prabhu
Crest

पत्रकार सम्मेलनमा ग्रामीण अर्थतन्त्रको विकास, लघु उद्यमशीलतालाई प्रभावकारी बनाउने उद्देश्यका साथ राष्ट्र बैकको योजना अनुशार कार्यक्रम गर्न लागिएको बित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले जानकारी दिए ।
बीमामा पहुँच अभिवृद्धि, हुण्डीको न्युनीकरण, उद्यमशीलताको विकास,ग्रामिण अर्थतन्त्रको चलायमानमा एक्स्पोले महत्वपूर्ण योगदान दिने जानकारी दिएका छन् ।

कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले अव आर्थिक संवृद्धिको मात्रै भविष्य रहेको बताएका छन् । आर्थिक एजेन्डा सवैको पहिलो प्राथमिकतामा रहनु पर्ने भन्दै दोहोरो अंकको व्याजदरले व्यवशायी मारमा परेको बताए ।

कार्यक्रममा वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले वालिङको आर्थिक विकासका लागि एक्स्पो सफल हुने धारणा व्यक्त गरेका थिए । वालिङ उद्योग बाणिज्य संघको सिटिहलमा आयोजना हुने एक्स्पोको जेठ २४ गते नेपाल राष्ट्र बैकका गभर्नर चिरन्जीवी नेपालले उद्दघाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS