IME Life

शिखर इन्स्योरेन्स र नेको इन्स्योरेन्सलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

नेपालको निर्जीवन बीमा व्यवसायका लिडर कम्पनी मध्यका शिखर इन्स्योरेन्स र नेको इन्स्योरेन्सलाई इन्स्योरेन्स खबर टीमले गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

नोट : जेष्ठ २० गतेको बजार मूल्य

चुक्ता पूँजीको आधारमा :
नेको इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १७ करोड लाख रहेको छ भने शिखर इन्स्योरेन्सको आफ्नो चुक्ता पूँजी १ अर्ब ५ करोड लाख रहेको छ।

दुवै बीमा कम्पनीले बीमा समितिले तोकेको १ अर्ब पूँजीको लक्ष्य हासिल गरेको अवस्था छ।

जगेडा कोषको आधारमा :
जगेडा कोषको आधारमा नेको इन्स्योरेन्स अघि छ। नेको इन्स्योरेन्सको जगेडा कोषमा ५५ करोड ३२ लाख रुपैयाँ  संचित छ भने शिखर इन्स्योरेन्सको जगेडा कोषमा ४१ करोड ९ लाख रुपैया संचित छ।

बीमा कोषको आधरमा :
बीमा कोषको आधारमा शिखर इन्स्योरेन्स अघि छ। शिखर इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब १ करोड रुपैया संचित छ भने नेको इन्स्योरेन्सको जगेडा कोषमा ६६ करोड ९१ लाख रुपियाँ संचित छ।

कुल र खुद बीमा शुल्क आर्जनको आधारमा :
शिखर इन्स्योरेन्सले २ अर्ब ५० करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने १ अर्ब २४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।

त्यस्तै नेको इन्स्योरेन्सले १ अर्ब ४१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने ८५ करोड ७० लाख खुद बीमा शुल्क आर्जन गरेको छ।

दावी भुक्तानीको आधारमा :
शिखर इन्स्योरेन्सले १ अर्ब १४ करोड कुल दावी भुक्तानी गरेको छ भने ७४ करोड १० लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

नेको इन्स्योरेन्सले ६२ करोड ७० लाख कुल दावी भुक्तानी गरेको छ भने ३७ करोड १६ लाख खुद दावी भुक्तानी गरेको छ।

खुद नाफाको आधारमा :
शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ३३ करोड ६२ लाख खुद नाफा गरेको छ भने नेको इन्स्योरेन्सले २५ करोड १५ लाख खुद नाफा गरेको छ।

प्रति शेयर आम्दानीको आधारमा :
शिखर इन्स्योरेन्सको प्रति शेयर आम्दानी ४२ रुपैयाँ ४० पैसा छ भने नेको इन्स्योरेन्सको प्रति शेयर आम्दानी २८ रुपैयाँ ५२ पैसा छ। प्रति शेयर आम्दानीलाई वार्शिकरण गरिएको छ।

मूल्य आम्दानी अनुपातको आधारमा :
शिखर इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २० गुणा छ भने नेको इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १८ गुणा छ। मूल्य र आम्दानीको आधारमा नेको इन्स्योरेन्स शिखर इन्स्योरेन्स भन्दा सस्तो देखिन्छ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS