IME Life

जोगिएला त नेपाल इन्स्योरेन्सको शाख

SPIL
NIC ASIA

बीमा समितिले बीमा कम्पनीहरुको मर्जरको नीति अगाडी ल्याईरहँदा नेपालको सबैभन्दा पूरानो नेपाल इन्स्योरेन्स कम्पनीको शाख रहँला कि नरहँला भन्ने शंका उत्पन्न भएको छ । पछिल्लो समयमा नेपाल इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स कम्पनी बीच मर्जरको चर्चा चलिरहँदा नेपाल इन्स्योरेन्सको अस्तित्व जोगिएला त भन्ने प्रश्न खडा भएको हो ।

बीमा समितिले क्रस होल्डिङ्ग भएका कम्पनीहरु बीचको मर्जरलाई प्राथमिकता दिएको छ । आईएमई जनरल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनी दुवैमा आईएमई ग्रुपको ठूलो लगानी छ । त्यसैले यि दुवै कम्पनी बीच मर्जरको चर्चा चलेको स्रोतले बताएको छ । यि दुई कम्पनी मर्जरमा जाँदा नेपाल इन्स्योरेन्सको नाम रहने वा नरहने पनि निश्चित छैन ।

Prabhu
Crest

नेपाल बैंकको सक्रियतामा वि.स. २००४ सालमा नेपाल माल चलानी तथा बीमा कम्पनीको स्थापना भएको थियो । यो संस्था  कम्पनी ऐन अन्तर्गत पाँच लाखको मूलधनमा नेपाल बैंकको पूर्ण स्वामित्वमा स्थापना भएको थियो । विं.स. २०१६ सालमा यो कम्पनी नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लि.मा परिर्वतन भयो । यसलाई वि.स. २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनीको नाममा पूर्ण रुपले निर्जिवन बीमाको कार्य गर्ने गरि पूनः नामाकरण गरियो । लामो समयसम्म नेपाल इन्स्योरेन्स कम्पनी एक्लैले नेपालमा बीमा व्यवसाय गर्दै आयो ।

नेपाल बैंकको मुख्य लगानी रहेको नेपाल इन्स्योरेन्समा अहिले आईएमई समूहको अधिक लगानी छ । नेपाल बैंकले आफनो पूँजी जुटाउँनका लागि संस्थापक शेयर लिलामी गरेको थियो । उक्त समयमा आईएमई समूह र समूहका सदस्यहरुले कम्पनीको शेयर खरिद गरेका थिए । हाल कम्पनीको मुख्य लगानीकर्तामा नेपाल बैंक र आएईएमई समूह रहेका छन् । कम्पनीको अधिकृत पूँजी २ अर्ब छ । जारी तथा चुक्ता पूँजी १ अर्ब १ करोड रुपैयाँ छ ।

त्यस्तै, आईएमई जनरल इन्स्योरेन्सको ९७ करोड २० लाख रुपैयाँ पुगेको छ । एनवि समूहको लगानी रहेको उक्त कम्पनी धरासयी हुने अवस्था पुगेपछि आईएमई ग्रुपले लगानी गरेको थियो । एनवि समूहले लगानी थप गर्न नसकेपछि र सुशासन विग्रिए पछि समितिले नै कम्पनीमा लगानीकर्ता  परिवर्तन गर्न लगाएको थियो । गत बर्ष देखि कम्पनीको नाम समेत परिवर्तन गरी आईएमई जनरल इन्स्योरेन्स राखिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS