Prabhu Life Ad Final

यो बर्ष बीमा कम्पनीको आईपिओ आउँने सम्भावना टर्यो

IME PAY

चालु आर्थिक बर्ष २०७५/७६ मा नयाँ बीमा कम्पनीहरुको प्राथमिक शेयर निष्काशन हुने सम्भावना टरेको छ । कम्पनीहरुको साधारण सभा नै हुन नसकेपछि आईपिओ जारी हुने सम्भावना टरेको हो ।

अघिल्लो बर्ष दश वटा नयाँ जीवन बीमा कम्पनी र तीन वटा निर्जीवन बीमा कम्पनीले बीमा समितिबाट सञ्चालन अनुमति पाएका थिए । गत आवमा महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट सञ्चालन अनुमति पाएको थियो । कम्पनीहरुलाई अनिवार्य रुपमा ३० प्रतिशत प्राथमिक शेयर निष्काशन गर्नुपर्ने प्रावधान छ । सोही बमोजिम गत आवमा नै केही कम्पनीहरुले आईपिओ जारी गर्न तयारी गरेका थिए । तर, कम्पनीहरु सञ्चालनको एउटा आर्थिक बर्ष पुरा नभएका कारण धितोपत्र बोर्डले आईपिओ जारी गर्न रोक लगाएको थियो ।

NCHL

चालु आवमा भने कम्पनीहरुलाई आईपिओ जारी गर्न छुट छ । तर, कम्पनीहरुले समयमा साधारण सभा गर्न नपाउँदा आईपिओ जारी गर्न पाएका छैनन् । चालु आ.व. देखि बीमा समितिले एनएफआरएस वित्तीय प्रणाली लागू गरेका कारण कम्पनीहरुले समयमा नै विवरण बुझाउँन पाएका छैनन् । फलस्वरुप साधारण सभामा ढिलाई भएको हो । जसका कारण कम्पनीहरुले यो बर्ष आईपिओ जारी गर्न नपाउँने भएका छन् ।

यो पनि पढ्नुस : नयाँ बीमा कम्पनीहरुको ७ अर्ब १८ करोडको आइपीओ आउँदै

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x