फरवार्ड कम्युनिटीको ७ लाख ७५ हजार बोनस शेयर नेप्सेमा सूचीकृत

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ७ लाख ७५ हजार ६३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७४र०७५ को मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

सूचीकरणसँगै शेयरधनीहरुले कम्पनीको बोनस धितोपत्रको दोस्रो बजार मार्फत खरिद बिक्री गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार