IME Life

इन्स्योरेन्स शिक्षा : युवा तथा साना व्यवसायी स्वरोजगार बीमालेख बारे जानकारी

SPIL
NIC ASIA

सरकारले स्वरोजगार कोषबाट सञ्चालित व्यवसाय र व्यवसायीको अनिवार्य रुपमा बीमा गर्नुपर्ने भएपनि सबै व्यसायीहरुलाई बीमाको दायरामा समेट्न सकेको छैन ।

कोषले विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत बिनाधितो सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । यसरी प्रवाह गरिएको कर्जाबाट सञ्चालित व्यवसाय र व्यवसायी दुवैको बीमा गराउनुपर्ने प्रावधान छ ।

Prabhu
Crest

बीमा प्रक्रिया
बीमीत ऋणीद्धारा गरिएको प्रस्ताव फारम र बीमालेखमा समावेश भएको कुरामा समावेश भएको आधारमा सहमती भएको आधारमा बीमा सम्बन्धि प्रकृया अघि बढाउनुपर्छ । यस बीमालेख पारम्भ मितिमा पूरा अवधिको एकमुष्ट बीमाशूल्क भुक्तानी गनुपर्ने हुन्छ ।

यस बीमालेख अन्तर्गत ऋणीहरुले सामूहिक लगानी गर्न दाबीको सम्भावित दुर्घटना र घटनाबाट व्यक्तिको मृत्यु भएमा वा स्थायी रूपमा अपाङ्ग भएमा तथा परियोजनाको नोक्सान भएमा ऋणको दायित्व तथा क्षतिपूर्ति बीमा कम्पनीले भुक्तानी गर्ने व्यवस्था छ । बीमा गरेबापत बीमा शुल्क नेपाल सरकार अर्थ मन्त्रालयले बीमा संस्थान र राष्टिय बीमा कम्पनीलाई भुक्तान गर्दै आएको छ ।

कोषले हरेक व्यवसायिहरुलाई २ लाख रुपौया सम्म ऋण प्रदान गर्दै लगानी गरेको साना व्यवसायिहरुलाई ३ बर्ष देखि बढिमा ५ वर्ष सम्मको बीमा गर्दै आएको छ ।

जोखिम बहन गर्ने अवस्था
बीमकले बीमितलाई आगलागी, विस्फोटन, स्वजलन वा चटयाङ्, भूकम्प (अग्नि तथा धक्का), बाढी, डुबान र खडेरी, पहिरो र भूःस्खलन, आँधिबेहरी, असिना, हिउँ वा तुसारो, किरा तथा रोगबाट हुने हानि नोक्सानी, अक्सिजनको कमी ,एमोनियाबाट हुने नोक्सानी (माछाको लागि), विषालु पदार्थबाट मरेमा (माछाको लागि), हुलदंगा,हडताल र द्वेषपूर्ण कार्यरत आतंककारी तथा विध्वंशकारी कार्यबाट हानी वा नोक्सानी भएमा जोखिम बहन गर्दछ ।

जोखम बहन नगर्ने अवस्था
सबै कारणबाट बीमा गरिएको सम्पत्तिमा क्षति र हानि—नोक्सानी भएमा बीमकले क्षतिपूर्ति प्रदान गर्दैन । बीमा गरिएको सम्पत्तिमा भएको क्षति र हानि—नोक्सानीको परिणाम स्वरूप भएको नाफामा कमी, खर्चमा बृद्धि जस्ता कुनै पनि हानि—नोक्सानीको बीमकले क्षतिपूर्ति प्रदान गर्दैन । यान्त्रिक वा विद्युतीय अवरोध र असफलताका कारण उत्पादनमा आएको ह्रास वा कमीलाई बीमकले क्षतिपूर्ति प्रदान गर्दैन ।

दाबी भुक्तानी प्रक्रिया
बीमा गरिएको सम्पत्ति/ व्यवसाय नोक्सानी भएमा बीमा दाबी गर्दा जिल्ला संयोजन तथा अनुगमन समिति मार्फत पेस हुनु पर्दछ । बीमित, ऋणी, बाली तथा पशुपन्छी सम्बन्धी दाबी प्रकिया अपनाउँदा बीमितको क्षतिको आधारमा प्रकृया अघि बढाउनु पर्दछ ।

बीमित ऋणीको मृत्यु भएमा मृत्यु दर्ता प्रमाणपत्र प्रतिलिपि, सबै विवरण खुल्ने गरी भरेको दाबी फारम, मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, इच्छाइएको व्यक्तिको नागरिकताको प्रतिलिपि, नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि, बीमित संस्थाको सिफारिसपत्रको प्रतिलिपि सहति कागजातहरू संलग्न गरी दाबी भुक्तानीका लागि पेस गर्नु पर्दछ ।

बीमित ऋणीको दुर्घट्नाबाट अङ्गभङ्ग भएर आय आर्जन गरी जीविकोपार्जन गर्न असक्षम भएको अवस्था दुर्घट्ना भएको १ सय ८० दिनभित्र आफ्नै खर्चमा चिकित्सकबाट प्रमाणित गराई बीमितले बीमकलाई पठाउनु पर्नेछ । यससंगै बीमालेखको सक्कल प्रति पनि बुझाउनुपर्छ ।

बीमकको व्यवसाय पूर्ण क्षति भएमा सक्कल बीमा लेख पूर्णरूपले भरेको दाबी फाराम, सर्भेयर र प्राविधिकले बीमा गरिएको सम्पत्ति र व्यवसायमा भएको हानि नोक्सानीको प्रमाणित गरेको प्रमाणपत्र, बीमित पशुको पहिचान सहितको संकेत पट्टा, गा.वि.स., न.पा., वडा कार्यालयको मुचुल्का र माछा विषालु पदार्थबाट मरेको अवस्थामा नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाद्वारा प्रमाणित प्रमाणपत्र सहित सबै विवरण खुल्ने गरी भरेको दाबी फारम, सम्पत्ति र व्यवसायको क्षति हानि—नोक्सानी भएमा, बीमित सम्पत्ति र व्यवसायको क्षति र हानि नोक्सानी भएमा सात दिन भित्र बीमकलाई सूचना लिखित दिनुपर्छ । तर पशु पन्छी, माछा र बालीको हकमा तीन दिन भित्र बीमकलाई सूचना दिनुपर्छ ।

यसका सर्तहरू

जुनसुकै अवस्थामा पनि बीमकले बीमाङ्क भन्दा बढी रकम भुक्तानी दिने छैन । क्षतिपुर्ति वराबरको रकम पाउनको लागि बीमालेखमा उल्लेख भएको सर्तहरु अनिवार्य पालना गनुपर्छ । बीमा गरीएको सम्पत्ति र व्यवसायमा क्षति, हानि वा नोक्सानी भएमा वास्तविक क्षतिको आधारमा बीमाङ्क रकम सम्मको क्षतिपूर्ति प्रदान गर्छ ।

बीमित पशुधनलाई लगाई राखिएको बीमाको सङ्केत पट्टा (ट्यागरमाइक्रो चिप्स आदि) झरेमा वा हराएमा बीमितले अनिवार्य रूपमा तत्काल बीमक वा सम्बन्धित संस्था वा स्वरोजगार कोषको जिल्लास्थित समन्वय समितिलाई जानकारी गराउनुपर्छ । अन्यथा बीमक दाबीको क्षतिपूर्ति भुक्तानीका लागि बाध्य हुने छैन ।

बीमित पशुपन्छी धनको सम्बन्धमा सत्य तथ्य कुरा लुकाइ छिपाई झुट्टा विवरण दिएको पाइएमा बीमालेख स्वतः रद्द हुन्छ । कृषिबाली तरकारी तथा फलफूल खेतीमा कुनै रोगरकिरा वा दुवै लागेमा कृषिबाली तरकारी तथा फलफूल खेती धनीले तत्काल आफ्नै खर्चमा उचित रेखदेख गराउनु पर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS