IME Life

श्रीमान गुमाएकि जानकीले पाइन बीमा कम्पनीबाट आर्थिक सहयोग

SPIL
NIC ASIA

महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर –१३ की जानकी महतोले श्रीमान गुमाईन । जानकीलाई श्रीमान गुमाएको पीडा एकातिर छदैँ थियो अर्को तिर थियो ऋणको बोझ, आर्थिक संकट । जानकीको यस्तो अवस्थालाई केही हद सम्म बीमा कम्पनीले सहयोग प्रदान गरेको छ । दु:खको घडिलाई सामना गर्न सघाँउ पुर्याएको छ ।

जानकीका श्रीमानले जीवन बीमा गराएका थिए । जीवन बीमा गरेकै कारण आज जानकी दुःखद अवस्थामा पनि आर्थिक सहयोग प्राप्त गरेकी छिन् । श्रीचन महतोको जीवन बीमा गराएको तीन दिन नबित्दै मृत्यु भएके थियो । त्यसपछी ऋणको भारमा परेकी जानकीलाई जीवन बीमा कम्पनीले तीन लाख नगद हस्तान्तरण गर्यो ।

Prabhu
Crest

मृतक बीमितले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय बर्दिबासमा जीवन बीमा गराएका थिए । श्रीचनको श्रीमतिलाई सिटिजन लाइफ बीमा बाप्तको रकमको चेक प्रदान गेरेको हो । शाखा प्रबन्धक सरोज दाहाल र गण्डकी विकास बैंक शाखा कार्यालय बर्दिबासका शाखा प्रबनधक यमप्रसाद दाहालले संयुक्त रुपमा तीन लाखको चेक हस्तान्तरण गरेका हुन् ।

जानकीका श्रीमान् श्रीचनले गण्डकी विकास बैंकबाट व्यपार गर्न उनले गत चैत्र महिनामा सात लाख ऋण लिएका थिए । उनले ऋण लिदाँ सिटिजन लाइफ इन्स्योरेन्समा तीन लाखको जीवन बीमा गरेका थिए । गत चैत्र १२ गते विमा गरेका उनको तीन दिनपछी अचानक उनको मृत्यु भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS