IME Life

प्राइम लाइफद्धारा मृतकको परिवारलाई बीमा वापतको ३१ लाख रकम हस्तान्तरण

SPIL
NIC ASIA

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गरेको छ । कम्पनीले जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ४ का मृतक बीमित लक्ष्मीचन्द्र उपाध्यायको परिवारलाई दाबी वापतको रकम हस्तान्तरण हो ।

उपाध्यायको गत पुस २४ गते शौचालयमा आगलागिबाट मृत्यु भएको थियो । बीमा गरेको एक वर्ष नपुग्दै लक्ष्मीचन्द्रको निधन भएपछि जुम्लामा रहेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले ३१ लाख ५६ हजार दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

कम्पनीका क्षेत्रीय प्रबन्धक रामबहादुर शाही र जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढा लगायतका व्यक्तिहरुको सहभागितामा सो दाबी रकम हस्तान्तरण गरिएको हो ।

मृतक उपाध्यायले २०७३ सालको पुस २५ गते ३० लाख को बीमाङ्क रकमको बीमा गरेबापत बीमा शुल्क २ लाख ३१ हजार २ सय ३९ रुपैयाँ रकम जम्मा भएको थियो । मृतककी धर्मपत्नी अप्सरा उपाध्यायले रु ३१ लाख ५६ हजार बीमा रकम बुझेकी थिइन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS