Prabhu Life Ad Final

नेपाल इन्स्योरेन्सको शेयर लिलामीमा आवेदन दिने अन्तिम दिन जेठ १९ गते

IME PAY

नेपाल इन्स्योरेन्स कम्पनीको १ लाख ४७ हजार १०३.०८ कित्ता शेयर लिलामी भर्ने जेठ १९ गते अन्तिम दिन रहेको छ । लगानीकर्ताले आइतबार दिउँसो ३ भित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ । नेपाल इन्स्योरेन्सले जेठ ५ गतेदेखि लिलामी सेयर खुला गरेको थियो । कम्पनीले सर्वसाधारण समूहको १ लाख ४४ हजार ५८१.३६ कित्ता र संस्थापक समूहको २ हजार ५११.७३ कित्ता सेयर लिलामी खुला गरेको हो ।

प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर लिलामी भर्नुपर्ने हुन्छ । लिलामी भर्दा लगानीकर्ताले बजार भाउलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । बिहीबार नेपाल इन्स्योरेन्सको नेप्सेमा प्रतिकित्ता ३ सय ८६ रुपैयाँ मा अन्तिम कारोबार भएको थियो ।

NCHL

इन्स्योरेन्सले यसअघि ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । त्यसबेला बिक्री हुन बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याइएको हो । नेपाल इन्सुरेन्सले गत फागुन २१ देखि चैत्र २५ गतेसम्म ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ३८ लाख ६७ हजार २८८.५० कित्ता हकप्रद मात्र बिक्री तथा बाँडफाँट भएको थियो ।

लिलामी शेयरमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौं तथा ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, हेटौंडा, नारायणढ, वीरगञ्ज, विराटनगर, पोखरा, बाग्लुङ, दाङ, नेपालगञ्ज, सुर्खेत, बुटवल, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिनेछ

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x