IME Life

प्राथमिकतामा परेन बीमा

SPIL
NIC ASIA

नेपालमा बीमाको पहुँच न्यून रहे पनि सरकारको प्राथमिकता भने अझै पनि बीमा क्षेत्रमा पर्न सकेको छैन । अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक बर्ष २०७६/७७ को बजेटमा बीमा क्षेत्रलाई खासै प्राथमिकता दिएनन् । सुधार र परिवर्तन गरिने भन्ने योजना बाहेक बीमा क्षेत्रको विस्तारका लागि नयाँ योजना आउँन सकेन् ।

२०७६/७७ को बजेटमा बीमा
आगामी आवको बजेट मार्फत सरकारले मर्जरमा जाने बीमा कम्पनीहरुलाई करमा छुट दिने व्यवस्था गरेको छ । तर, हालसम्म कुनै पनि कम्पनीहरु स्वस्फूर्तमा रुपमा मर्जरको लागि तयार छैनन् । त्यस्तै, दुर्घटना र स्वास्थ्य बीमामा मूल्य अभिबृद्धि कर छुट दिने व्यवस्था गरेको छ । जुन स्वागतयोग्य भएको बीमकहरु बताउँछन् । यो बाहेक आगामी आवका लागि बीमा क्षेत्रमा नयाँ योजना केही आउँन सकेन ।

Prabhu
Crest

२०७५/७६ को बजेटमा बीमा
गत आवको बजेट मार्फत सरकारले बीमा कम्पनीहरुले २० प्रतिशत बीमा नेपाल पुर्नबीमा कम्पनीमा अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था गरेको थियो । जुन अहिले पूर्ण रुपमा लागू भएको छ । बीमा व्यवसायी र अर्थमन्त्रालयको रस्साकस्सी पछी कम्पनीहरु २० प्रतिशत पुर्नबीमा गर्न तयार भएका हुन् ।

त्यस्तै, दुई बर्ष भित्रमा १० प्रतिशत लघुबीमा अनिवार्य गरिने सरकारले व्यवस्था गरेको थियो । तर, बीमा समितिको तथ्यांक अनुसार हाल कम्पनीहरुले आफनो कुल व्यवसायको ५ प्रतिशत लघुबीमा गरेको छन् । त्यस्तै गत आवको बजेट मार्फत सरकारले २५ हजारसम्मको आयमा आयकर छुटको व्यवस्था गरेको थियो ।

राष्ट्रसेवकको २ लाखसम्मको बीमा गरिने व्यवस्था कार्यन्वयन भएको छ । राष्ट्रिय बीमा संस्थानले राष्ट्रसेवकको बीमा गर्दै आएको छ । ३ लाख रुपैयाँसम्मको निक्षेपको बीमा गरिने व्यवस्था गरेको थियो । जुन कार्यन्वयन भएको छ ।
साथै ७० बर्ष पुगेका ज्येष्ठ नागरिको निशुल्क बीमा गरिने भन्ने व्यवस्था गत बैशाख देखि सुरु भएको । समग्रमा गत आवको बजेटमा गरिएको अधिकांश व्यवस्थाहरु कार्यन्वयन भएका छन् ।

२०७४/७५ को बजेटमा बीमा
अघिल्लो आवको बजेट मार्फत सरकारले नेपाली बीमा कम्पनीलाई नेपाल पुर्नबीमा कम्पनीमा उल्लेखनीय हिस्सा पुर्नबीमा गर्ने व्यवस्था गरिने बताएको थियो । जुन गत आवमा मात्रै पुरा भएको छ । त्यस्तै, कृषि सहकारीलाई पनि कृषि बीमा जारी गर्न सक्ने व्यवस्था गरिने बताएको थियो । जुन आजसम्म पनि सम्पन्न भएको छैन । आगामी दिन बर्ष भित्रमा स्वास्थ्य बीमा नेपाल भर विस्तार गरिने बताएको थियो । जुन आगामी आवमा सम्पन्न हुन सक्ने सम्भावना देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS