IME Life

बीमाङ्क लिन चोरीको नाटक गर्दै जाहेरी दिने पक्राउ

SPIL
NIC ASIA

बीमाङ्क लिन चोरी भएको नाटक गरेपछि प्रहरीले काठमाडौं बाफलका ६६ वर्षीय देवराज खड्कालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार ३२ लाख १० हजार रुपैयाँ मूल्यबराबरको विभिन्न ब्रान्डका रक्सी चोरी भएको भन्दै उनले ६ जेठमा प्रहरी कार्यालयमा जाहेरी गरेका थिए । जाहेरीलगतै प्रहरी घटनास्थल पुगेको थियो । जाहेरीमा उल्लेख भएजस्तो चोरी नभएको खुलेपछि प्रहरीले  जाहेरीवाला खड्कामाथि नै अनुसन्धान गरेको थियो ।

वृत्त प्रमुख डिएसपी देवेन्द्र पालले बीमाबापतको रकम लिन चोरीको नाटक गरेको खुलेको बताए । उनले भने, ‘रक्सी पसल चोरी भएको भन्दै हामी कहाँ उजुरी प-यो । अनुसन्धानमा प्रहरी खटिए । तर, चोरी भएको प्रमाण कतै भेटिएन । त्यसपछि अनुसन्धान जाहेरीवालामै केन्द्रित ग-यौँ । यसक्रममा उनैले चोरी नभएको बताए । कारण बुझ्दा बीमाबापतको रकम असुल्न नाटक गरेको खुल्यो ।’

Prabhu
Crest

प्रहरीका अनुसार उनको बाफलस्थित निजी घरको भुइँ तलामा दाजुभाइ मधुशालानामक रक्सी पसल छ । सोही पसलबाट विभिन्न १० ब्रान्डका एक सय ५० कार्टुन चोरी रक्सी भएको जाहेरीमा उल्लेख छ । घटनास्थल पुगेका प्रहरीले पसल आसपासका छिमेकीसँग बयान लियो । घरमा डेरा गरी बस्नेसँग पनि सोधपुछ गर्यो । तर, चोरी भएको खुल्ने कुनै प्रमाण फेला परेन । त्यसपछि अनुसन्धान जाहेरीवाला खड्कामाथि केन्द्रित भएको थियो ।

डिएसपी पालले भने,‘ एक सय ५० कार्टुन रक्सी चोरी हुनु सामान्य विषय थिएन । यसका लागि ट्रक नै घटनास्थल पुग्नुपर्छ । जाहेरीमा उल्लेख भएको मितिमा यस्तो ट्रक आए–नआएको बुझ्यौँ । तर, ट्रक देख्ने व्यक्ति कोही फेला परेन । आसपासका छिमेकीसँग सोध्यौँ । उनकै घरमा डेरा गरी बस्नेसँग पनि सोध्यौँ । तर, प्रमाण फेला परेन । त्यसपछि मात्रै हामीले खड्कासँग सोधपुछ ग-यौँ । यही क्रममा घटना नक्कली रहेको खुल्यो ।’

पसल बीमा  गरेपछि रकम निकाल्न झुटो जाहेरी
प्रहरीका अनुसार केही महिनाअघि मात्रै उनले रक्सी पसलको बीमा इन्स्योरेन्स कम्पनीमा गराएका थिए । त्यसलगतै बीमाबापतको रकम लिन उनले विभिन्न जुक्ति लगाउन थाले । चोरीको प्रतिवेदन पेस गर्दा बीमाबापतको रकम लिन सकिने निष्कर्षमा उनी पुगे ।  प्रतिवेदनका लागि उनले पसल चोरी भएको झुटो जाहेरी प्रहरीलाई दिए । डिएसपी पालले भने, ‘बी माबापतको रकम लिन प्रहरीको सिफारिस आवश्यक पर्ने देखियो । यसैका लागि झुटो जाहेरी दिएको देखिन्छ । उनले विगतमा पनि यस्ता घटना गराएको हुन सक्छ । यस सम्बन्धमा थप अनुसन्धान जारी छ ।’

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS