इन्फिनिटी लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले ६ लाख ४० हजार ३ सय कित्ता आइपीओ खुला गरेको थियो । लघुवित्तले जारी पुँजी २० करोड ७४ लाख रुपैयाँको ३२ दशमलव ५ प्रतिशत बराबरको शेयर बिक्री खुला गरेको हो ।

लघुवित्तले सर्बसाधारणका लागि कुल ६ लाख ७४ हजार कित्ता आइपिओमध्य ६ लाख २९ हजार ९३० कित्ता शेयर विक्री खुल्ला गरेको हो । बाँकी शेयर मध्ये १० हजार ३ सय ७० कित्ता कम्पनीका कर्मचारीको लागि, ३३ हजार ७ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित राखेको छ । आवेदकले यस आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ३ हजार ३ सय ७० कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

छिटोमा जेठ १६ र ढिलोमा असार १० गते सम्म विक्रीमा रहेको यस आईपीओमा तोके बमोजिम आवेदन परे छिटो अवधिभित्र विक्री बन्द हुनेछ ।

हाल १४ करोड रुपैयाँ चुक्तपूँजी रहेको यस कम्पनीको आइपिओ पश्चात २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार