IME Life

बजेटमा लघुबीमाको लागि ७५ प्रतिशत अनुदान र आयकरमा कर छुटको दायरा ५० हजार पुर्याउन बीमा समितिको माग

SPIL
NIC ASIA

बीमा समितिले लघुबीमामा पनि ७५ प्रतिशत अनुदान प्रदान गर्न सरकारसँग माग गरेको छ । आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमा कृषि बीमा जस्तै लघुबीमाको लागि समेत अनुदानको व्यवस्था गर्न सरकासँग माग गरेको हो ।

बीमा कम्पनीहरुले जारी गर्दै आएको कृषि बीमा र लघुबीमाको प्रकृति एउटै छ । तर, कृषि बीमामा ७५ प्रतिशत अनुदानको व्यवस्था गरिएको छ भने लघुबीमामा अनुदानको व्यवस्था छैन । जसका कारण बीमीतहरु लघुबीमा प्रति निरुत्साहीत भएको कम्पनीहरु बताउँछन् । सरकारले आगामी आव भित्रमा कम्पनीहरुले आफ्नो कुल व्यवसायको १० प्रतिशत अनिवार्य रुपमा लघु बीमा जारी गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ ।

Prabhu
Crest

५० हजारसम्मको आम्दानीमा छुट
बीमा समितिले जीवन बीमा गरे बापत ५० हजार रुपैयाँसम्मको आम्दानीमा कर छुट दिन सरकारसँग माग गरेको छ । मानिसहरुलाई बीमा प्रति आकर्षित गर्न समितिले ५० हजार रुपैयाँको सीमा बढाएको हो । हाल जीवन बीमा गरेबापत २५ हजार रुपैयाँसम्मको आम्दानीमा कर लाग्दैन ।

त्यस्तै, समितिले सम्पति बीमामा छुटको व्यवस्था गर्न सरकासँग अनुरोध गरेको छ । साथै बीमा पोलिसी खरिद गर्दा लगाईदै आएको हुलाक टिकटको व्यवस्थालाई हटाउन माग गरेको छ । प्रविधिको समयमा अझै पनि हुलाक टिकटको प्रयोग गरिनु उपयुक्त नभएको भन्दै समितिलाई त्यस्तो व्यवस्थालाई हटाउन माग गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS