लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको मिति २०७६/०२/१४ गते मंगलबार अपरान्ह ४.३० बजे बसेको ९९औं संचालक समिति बैठकको निर्णयले आ.ब. २०७४/०७५ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी रु.१,४९,४८,३८,८००को ७० प्रतिशत लाभांश शेयरधनीहरुलाई प्रदान गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
उक्त लाभांश मध्ये ३४ दशमलव ४६२६५९१२ प्रतिशत बोनस शेयर र ३५ दशमलव ५३७३४०८८ प्रतिशत नगद लाभांश हुनेछ ।
उक्त निर्णय बीमा समितिको स्वीकृति र आगामि बस्ने बीमकको १७औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र वितरण हुने कुराको जानकारी कम्पनीले दिएको छ।
प्रस्तावित् बोनस शेयर पश्चात कम्पनीको पुँजी २ अर्ब पुग्ने छ। बीमा समितिले जीवन बीमा कम्पनी लाई २ अर्ब पुँजीको लक्ष्य दिएको थियो ।